ताजा समाचार

‘बाबुरामसँग नारायणकाजीको तुलना हुनै सक्दैन’

बाबुरामसँग नारायणकाजीको तुलना हुनै सक्दैन । जनयुद्धबाट भाग्ने, जनयुद्धलाई सामाजिक फाँसिवाद र नानाथरी भन्ने नारायणकाजी माओवादी शान्ति प्रक्रियामा आएपछि एकता गरेर आएका हुन । जयुद्धलाई धोका दिने नारायणकाजीलाई पार्टीमा ल्याउनै हुँदैन भन्ने माओवादी केन्द्रका अन्धभक्त कार्यकर्ताहरू अहिले उनको जयजयकार कुन मुखले गर्दैछन् ? यदि नारायणकाजी प्रतिनिधिसभामा आउन चाहन्छन भने कि त समानुपातिकमा बसून वा गोरखा–१ वा अरू कुनै जिल्लाबाट उठून । नत्र अहिलेझैं संसदवाहिरै रहेर मिडियामा कराउन वाहेक उनीसँग विकल्प हुनेछैन । गोरखाली जनताको सुखदुःखमा सधैं साथ दिने, सधैं गोरखाबाटै जितेर जनताको पक्षमा काम गर्दै आएका भिजिनरी नेता डा. बाबुराम भट्टराईलाई काठमाडौं वा अरू जिल्लाबाट चुनाव लड्नुपर्छ भन्नलाई माओवादी कार्यकर्ताहरूको बिर्ता हो र गोरखा–२ ? गोरखा–२ का जनता बाबुरामलाई चाहन्छन् । माओवादी केन्द्रका कार्यकर्ताहरू नारायणकाजीलाई जनचाहनाविपरित दुलोबाट छिराउने असफल र आत्मघाती दुष्प्रयास किन गर्दैछन् ? यस्तै आत्मघाती प्रयास गतवर्ष पञ्जाब राज्यको प्रदेशसभा (विधानसभा) चुनावमा भाजपा र तत्कालीन मुख्यमन्त्री प्रकाशसिंह वादलले सधैं पञ्जाबका जनताको हकहितमा काम गर्ने भारतीय राष्ट्रिय क्रिकेट टिमका प्रख्यात क्रिकेटर, कमन्टेटर तथा चर्चित टिभी कार्यक्रम ‘द कपिल शर्मा शो’ का महत्वपूर्ण सदस्य नवजोत सिंह सिद्धूविरूद्ध गर्दा कस्तो परिणाम भोग्यो थाहै होला ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org