ताजा समाचार

निर्वाचन नभए ०१७ को भन्दा भयानक दुर्घटनाः प्रधानमन्त्री

काठमाडौं, १० माघ ।   प्रधानमन्त्रीले आगामी एक वर्षभित्र स्थानीय तहसहित तीनवटै तहको निर्वाचन सम्पन्न हुन नसके मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा औँल्याए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘निर्वाचन हुन सकेन भने मुलुक ०१७ को भन्दा पनि भयानक दुर्घटनातिर जाने खतरा छ, देश अर्कै प्रकृतिको द्वन्द्वमा फस्न सक्छ, समय घर्कियो भने हाम्रो हातबाट स्थिति फुत्किन सक्छ,’ उनले भने, ‘नेपाल राष्ट्रको एकतालाई भत्काउने प्रयास भइरहेका वेला मधेसी, पहाडी, हिमाली सबै एक भएर जुध्नुको विकल्प छैन ।’ निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशितालगायतका सबै उपलब्धि धरापमा पर्ने भन्दै मधेसी मोर्चासहित सबै दललाई जिम्मेवार बन्न उनले आग्रह गरे । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org