ताजा समाचार

निर्वाचन प्रभावः मूल्य वृद्धिदर बढ्दै, रेमिट्यान्स भित्रने दरमा सुधार


काठमाडौं, ३ जेठ । निर्वाचनले मूल्य वृद्धिमा चाप पर्ने सिद्धान्तले नै भन्छ । स्थानीय तहको निर्वाचन सुरु नहुँदै मूल्य वृद्धिको दर बढ्न थालेको देखिएको छ । राष्ट्र बैंकको गत चैतसम्मको आर्थिक प्रतिवेदनले सो महिनामा मूल्य वृद्धिदर ३.८ प्रतिशत पुगेको छ । फागुनमा औसत यो दर २.९ प्रतिशत रहेको थियो ।

हिमाल र पहाडमा यो दर घटेपनि तराई र काठमाडौंमा भने यो दर बढेको छ । हिमालमा मूल्य वृद्धिदर २.८, पहाडमा ५.६, तराईमा ३.४ र काठमाडौंमा २.७ प्रतिशत रहेको हो । मसला, मदिरा जन्य पद्धार्थ, चिनी तथा चिनीजन्य पद्धार्थमा क्रमशः ३.१, १३ र १३.९ प्रतिशतले वृद्धि भएको हो ।

केही महिनायता वृद्धिदर सुस्तिएको रेमिट्यान्स भित्रने दरमा सुधार भएको छ । गत आर्थिक वर्षको तुलनामा यस चैतमा रेमिट्यान्स भित्रने दर ६.३ प्रतिशहत बढेर ५ खर्ब ११ अर्ब पुगेको हो । गत आर्थिक वर्षको चैतमा रेमिट्यान्समा १३ प्रतिशतले वृद्धि भएको थियो । फागुनमा भने बार्षिक बिन्दुगत आधारमा रेमिट्यान्स भित्रने दरमा ५.३ प्रतिशतले बढेर ४ खर्ब ४९ अर्ब रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org