ताजा समाचार

नेपालले टस जित्यो : पपुवा न्यूगिनीले पहिले ब्याटिङ गर्ने

 

काठमाडौं,१ चैत। आइसीसी विश्वकप छनोटको खेलमा नेपालले टस जितेको छ । नेपालले फिल्डिङ रोजेको छ । पपुवा न्यूगिनीले ब्याटिङ गर्ने भएको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हराएको थियो ।  नेपालले एक दिवसीय मान्यता पाउन आजको खेल जित्नै पर्नेछ।
नेपाल र हङकङ दुबैले जिते भने सातौं स्थानका लागि हुने खेलमा पनि जित्नु पर्नेहुन्छ । नेपाल समूह बीको चौथो स्थानमा छ भने पपुवा न्युगिनी समूह ए को पुछारमा छ।

समूह बीको चौथो स्थानमा रहेको नेपालले प्लेअफमा समूह एको अन्तिम टोली पपुवा न्यूगिनीलाई जित्नुपर्नेछ। जुन खेल आज हुँदैछ। समूह ए को चौथो टोली नेदरल्याण्डले समूह बीको पाँचौ टोली हङकङलाई हराउनुपर्नेछ।

समूह बीको पाँचौ टोली हङकङले समूह ए को चौथो टोली नेदरल्याण्डलाई हराएमा नेपालले सातौ स्थानका लागि हङकङलाई हराउनुपर्ने हुन्छ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org