ताजा समाचार

नेपालले हङकङको सात विकेट लियो

काठमाडौं,२८ फागुन ।आइसीसी विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालले हङकङको सात विकेट लिएको छ । छेटौं विकेटको रुपमा हङकङका निजाकत खानलाई नेपालका ललित राजवंशिले ४७ रनमा आउट गरेका हुन् ।

सातौ विकेटको रुपमा तनविर अफजाललाई बसन्त रेग्मीले आउट गरेका हुन् । यसअघि हङकङका सिमान्दीप सिंहलाई ज्ञानेन्द्र मल्लले रन आउट गरेका थिए । सन्दीप लामिछानेले तेस्रो र चौथो विकेट लिएका थिए । उनले हङकङका सहिद वासिकलाई १ रनमा र अंशुमन रथलाई पनि १ रनमा आउट गराएका थिए ।

सोमपाल कामीले हङकङको महत्वपूर्ण विकेटको रुपमा हङकङका बाबर हायतलाई आउट गराएका थिए । उनले १६ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाएका हायतलाई आउट गरेका थिए ।

हङकङको पहिलो विकेट भने बसन्त रेग्मिले लिएका थिए । हङकङका ओननिङ ब्याट्सम्यान सी कार्टरलाई उनले ९ रनमा आउट गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org