ताजा समाचार

नेपाली महिला फुटबल टोलीले आज मलेसियासँग मैत्रिपुर्ण खेल खेल्दै

काठमाडौं, ८ जेठ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मलेसियन महपला टोलीसँग आज पहिलो मैत्रिपुर्ण खेल खेल्दैछ। खेल मलेसियाको कोटा किनाबालुस्थित सबाव स्टेडियममा हुनेछ। मलेसियन फुटबल संघको निमन्त्रणा अनुसार नेपाल र मलेसियाबीच २ वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुन लागेको हो।

मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक कुमार थापाको प्रशिक्षणमा २० सदस्य नेपाली महिला टोलीले शनिबार र आईतबार एकएक घण्टा अभ्यास गरेका थिए। नेपाली खेलाडिहरु पुर्ण रुपमा तयार रहेको प्रशिक्षक थापाले बताएका छन्।

उनले नेपालले केहि महिना अगाडी मैत्रीपूर्ण खेलमा मलेसियालाई हराईसकेको हुनाले सोमबार पनि टिमले जित निकाल्नेमा ढुक्क छन्।यस मैत्रीपूर्ण खेललाई महिला साफ च्याम्पियनसिपको तयारीको रुपमा लिएको पनि उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org