नेपाली मिडियाको गुणस्तर दयालाग्दो : गोकुल पोख्रेल, पूर्वअध्यक्ष एनपीआई
पत्रकारिता कस्तो क्षेत्र हो ? यस पेसामा आउनुपूर्व के गर्नुपर्छ ? र, समसामयिक नेपाली पत्रकारिताको अवस्थाबारे नेपाल प्रेस इन्स्टिच्युटका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार गोकुलप्रसाद पोख्रेलसँग गरिएको संक्षिप्त कुराकानी :
वर्तमान पत्रकारिताको अवस्था कस्तो छ ?
वर्तमान पत्रकारिताको अवस्था अफ्ठ्यारो भएर गुज्रिदैंछ । किनभने, पत्रपत्रिकाको, एफएम रेडियो र टेलिभिजनको संख्या दर्तामा धेरै भएपनि गुणस्तरमा अझै पछाडि छन् । यिनीहरुले लगानी गरे अनुसारको नाफा गर्न सकिरहेका छैनन् । नाफा गर्न नसकेको हुनाले नै धेरै कर्मचारीहरुलाई सिकारु पत्रकारको रुपमा लगाउने र पैसा नदिने गरेर ठगी धन्दासमेत सुरु भएको छ ।
युवनपुस्ता पत्रकारिता विषयप्रति आकर्षित हुनुको कारण के हो ?
पत्रकारिता व्यवसायमुलक विषय हो । यसलाई मानविकी अन्र्तगत लिवर्ट आट्समा राखिएको छ । लिवर्ट आट्समा राखिए पनि लिट्रेचरहरुको पढाई भन्दा फरक के मा छ भने यसमा लेख्ने सीपको आवश्यकता पर्छ । त्यसै कारण म यसलई ‘भोकेशनल जर्नालिज्म’ भन्छु । र, भोकेशनल जर्नालिज्मबाट उत्रेका मानिसहरु धेरैलाई व्यवसायमा नहुने भएकाले र यो विषयलाई लिवर्ट आट्सबाट झिकिदिंदा मानविकी विषय लिएर पढ्नेहरु शुन्य प्रायः हुने हुनेनाले सबैले यस विषयलाई क्याम्पसमा समावेश गर्न रुचाउँछन् । यसमा पढ्ने विद्यार्थीहरुको चासो र संख्या बढ्नुको कारण पनि यही हो ।
पत्रकारितामा प्रवेश गर्नुपूर्व के मा ध्यान दिनुपर्छ ?
पत्रकारिता भनेको गहन दक्षता चाहिने क्षेत्र हो । पढेर मात्रै हुँदैन, गरेर देखाउनुपर्छ । विदेशमा पत्रकारितामा प्रवेश गर्न कडा प्रतिस्पर्धा गर्नुपर्छ । प्रतिस्पर्धा गरेर छनोट भएपछि मात्र पत्रकारितामा प्रवेश गर्दछन् । पत्रकारलाई खानपुग्ने गरी तलबभत्ता हुन्छ । उनीहरुले पत्रकारिता पेसाको मर्यादा अनुसार काम गर्छन् । र, पेट पाल्नको लागि दलाली गर्नुपर्दैन । आफ्नो पेसाप्रतिको निष्ठा उनीहरुले कायम गरेका हुन्छन् । हाम्रो मुुलुकमा त्यस्तो अवस्था छैन् । त्यसकारण पत्रकारिता विषयको अध्ययन पूरा गरेर पनि जब मार्केटमा जाँदा धेरै चुनौतीको सामना गर्नुपरेको देखिन्छ । कतिपय सञ्चारमाध्यममा काम गर्ने पत्रकारहरुको अवस्था त निराशाजनक नै छ ।
विश्वविद्यालयले दक्ष पत्रकार उत्पादन गर्न नसकेको हो ?
धेरै विश्वविद्यालयहरुले यस विषयलाई कोर्स मा समावेश गरेका छन् । तर, त्यसको व्यवसायिक मर्यादा र दक्षता निर्माण गर्ने कार्यक्रम अपुरा र त्यसमा निगरानीको परिपाटी पनि धेरै कमजोर रहेको हुनाले उत्पादकहरु वाञ्छनीय गुणस्तरयुक्त हुन सकेका छैनन् ।
Comments
अरु समाचार
- नेपाल र कतारबीचको श्रम सम्झौता समयसापेक्ष बनाउने पहल गर्दैछु: राजदूत डा. ढकाल
-
‘राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ’
काठमाडाैं । हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन प्रणाली हो । यो व्यवस्थालाई समावेशी बनाउन...
-
‘सरकारमा भन्दा कानुन निर्माणमा साझेदारी चाहिन्छ’
काठमाडौँ । पछिल्ला वर्षहरूमा सत्ता साझेदारीमा भएको फेरबदलले कानुन निर्माण प्रभावित भएको छ । राजनीतिक दलको अभ्यास गठबन्धन सरकार बनाउने,...
-
अन्तर्राष्ट्रिय महिला दिवसः सोचमा परिवर्तन आवश्यक
काठमाडौं । “मेरो बुबाले मेरी मानसिक असन्तुलन भएकी आमा र म जस्तै फरकरुपमा सक्षम (अपाङ्गतासँग रहेको) मेरी बहिनी र मलाई...
-
सरकार र संसद्को काम गर्ने तौरतरिका पुरानै ढाँचाको भयो : सांसद घर्ती
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न संविधानको परिधिभित्र रहेर सबै...
-
सकिएकै हो त इतिहास अध्ययनको औचित्य ?
काठमाडौं । असाध्यै उपेक्षित विषय हुन पुगेको छ, यतिखेर इतिहास विषय । हुन त त्रिभुवन विश्वविद्यालयकै मानविकी तथा सामाजिकशास्त्र सङ्कायको...
-
सदनमा सांसदले बोल्ने स्वतन्त्रता हुनुपर्छ : सांसद गङ्गा यादव [अन्तर्वार्ता]
काठमाडौं । संसद् भनेको जनताको कुरा राख्ने प्रभावकारी थलो हो। तर, सदनमा देशका महत्वपूर्ण विषयमा सांसदले स्वतन्त्र रुपमा आफ्नो कुरा...
-
जाडोमा मुटुको सुरक्षा किन र कसरी: मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल
काठमाडौं । जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा...
-
‘सरकार सदनप्रति उत्तरदायी भएमात्र संसद्को भूमिका प्रभावकारी बन्छ’
सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएका छन् । उनले राज्यका कानूनमा...