ताजा समाचार

नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा शान्तराज बिंडारी निर्वाचित

काठमाडौं, ११ बैशाख । नेपाल पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा शान्तराज बिंडारी निर्वाचित भएका छन् । सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र युवराज विद्रोहीले नेतृत्व गरेको राजावादी पत्रकारहरुको गठबन्धनलाई पराजित गर्दै प्रेस चौतारीका उम्मेदवार बिंडारीले जित हासिल गरेका हुन् ।

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी विरुद्ध सत्तारुढ नेपाली कांग्रेस, माओवादी, राप्रपा, राजावादी समुहको नेतृत्व गरेका युवराज विद्रोही समुह र बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी निकटका संगठनहरुले काठमाडौं शाखाको चुनावमा गठबन्धन बनाएका थिए । सत्तारुढ गठबन्धनलाई ११ मतले पराजित गर्दै प्रेस चौतारीका उम्मेदवार बिंडारी विजयी भएका हुन् ।

बिंडारीका प्रतिद्वन्द्वी रामकृष्ण अधिकारी माओवादी निकट प्रेस सेन्टरका उम्मेदवार हुन् । उनी यसअघि पत्रकार महासंघ काठमाडौंमा प्रेस चौतारीसँगको गठबन्धनबाट सचिव निर्वाचित भएका थिए । सरकारमा माओवादी, कांग्रेस र राप्रपाको गठबन्धन बनेपछि काठमाडौंमा पत्रकार महासंघको चुनावमा पनि उनीहरुले संयुक्त प्यानल बनाएका थिए ।

पत्रकार महासंघको चुनावमा सत्तारुढ गठबन्धनको संयुक्त प्यानल बनेपछि एमाले निकट प्रेस चौतारीको विजय चुनौतीपूर्ण ठानिएको थियो । चौतारी काठमाडौंका अध्यक्ष लोकेन्द्र केसीले महासंघ चुनाव परिचालनको नेतृत्व गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org