ताजा समाचार

नेल्टा क्लबहरू वक्तृत्वकला प्रतियोगिता गर्दै

सुर्खेत १० माघ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ सुर्खेतको नेल्टा इन स्कुल अभियान अन्तर्गत नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने प्रक्रिया तीव्र बनाएको छ । सुर्खेतको पूर्वी भागमा रहेको आदर्श माध्यमिक विद्यालय, लेखापर्सामा सुरेन्द्र सुनारको अध्यक्षतामा आदर्श नेल्टा क्लब गठन भएको छ ।

जसको उपाध्यक्षमा मिदेश फौजा, सचिवमा सन्देश पौडेल , सहसचिवमा कृष्णा सिंजाली , कोषाध्यक्षमा राजेन्द्र सुनार र सदस्यहरूमा कर्ण बहादुर सुनार, चादनी पौडेल, मिना महर, ममता फौज, लेलिन फौजा र देबी रोकाया रहेका छन् भने फोकल पर्सनको रुपमा अंग्रेजी शिक्षक विष्णु प्रसाद शर्मा र सल्लहाकार दुर्गा गौतम रहेका छन् । उक्त नेल्टा क्लबले विद्यार्थी जीवनमा अनुशासनको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरी पवित्र दर्लामीलाई जिल्ला स्तरको प्रतियोगितामा छनौट गरेको नेल्टा सुर्खेतका सदस्य दल बहादुर शाहीले जानकारी दिए ।

त्यसै गरी ह्युरिष्टिक नेल्टा क्लबले नेवारेले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा गायत्री सापकोटा प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन गोपाल ओलीले जानकारी दिए । सद्धार्थ नेशनल नेल्टा क्लव सुर्खेतले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा रीतिका राना मगर प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन निर्मला सापकोटाले बताईन ।

यसै गरी काँक्रेविहार नेल्टा क्लब घुस्राले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पुजा बुढा क्षेत्री प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन रविन्द्र बि।सी।ले जानकारी दिए । नेल्टा सुर्खेतले शनिवार फोकल पर्सनहरूका लागि एक दिने तालिम तथा अभिमुखीकरण तालिमको आयोजना गरेको र उक्त भेलाबाट जिल्ला स्तरीय प्रतियोगिताको मिति तय गर्ने नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार खड्काले जानकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org