ताजा समाचार

‘पढ्नजाने’ मोबाइल एप्स सार्वजनिक

 

काठमाडौं । नेपाल र विदेशमा उच्च शिक्षा पढ्न चाहने व्यक्तिलाई लक्षित गरी  मोबाइल एप सार्वजनिक गरिएको  छ  ।सोसियल इनोभसन हव विकास उद्यमीले ‘पढ्न जान्ने’ नामको एप्स ल्याएको हो ।

एप्समा नेपाल र विदेशमा रहेका विभिन्न विश्वविद्यालय अन्तर्गतका विभिन्न कोर्स र छात्रवृत्तिको जानकारी साथै आवेदन दिने प्रक्रियाहरुको बारेमा पनि जानकारी पाउन सकिने बताइएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा  अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्कि शेर्पा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र गेट कलेजका खेमलकाईले संयुक्त रुपमा सो एप्सको सार्वजनिक गरे ।

यो एप्लिकेसन एन्ड्रोइड मोबाइलको गुगल पेल्स्टोरमा गई Padhnajane टाइप गरेर डाउनलोड गर्न सकिन्छ ।   यो एप्लिकेसन विकास उद्यमी युवाहरुले सुरु गरेको ‘टेककुज्ञ’ आईटी कम्पनीसँगको सहकार्यमा विकास भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org