ताजा समाचार

पन्जाबविरुद्ध हैदरावाद १३ रनले विजयी

 काठमाडौं,१४ वैशाख। । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जाबलाई १३ रनले हराएको छ ।

राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले व्याटिङ गरेको हैदरावादलाई पन्जाबले ६ विकेटको क्षतिमा १३२ रनमा रोकेको थियो । तर, १३३ रनको सहज लक्ष्य पनि पन्जाबले भेटाउन सकेन । जवाफी व्याटिङमा उत्रिएको पन्जाब १९ ओभर २ बलमा अलआउट हुँदै ११९ रनमात्र बनाउन सक्यो ।

हैदरावादका लागि राशिद खानले तीन विकेट लिए । शाकिब अल हसन, बसिल थम्पी र सन्दिप शर्माले दुई-दुई विकेट लिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org