ताजा समाचार

पार्टीहरुबीच मिलनविन्दु खोज्ने क्रममा सात प्रदेश स्वीकार ग¥यौं : नेता मुक्सामहाङ

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’ का पोलिटव्युरो सदस्य मुक्सामहाङ मेन्याङ्बो ‘मुकेश’ले देशमा कम्तिमा दश र बढिमा १४ सङ्घिय प्रदेश हुनुपर्ने बताएका छन् । लिम्बुवान राष्ट्रि मुक्ती मोर्चा,नेपाल केन्द्रिय समितिको सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेन्याङ्बोले सबै पार्टीहरुबीच मिलनविन्दु खोज्ने क्रममा सात प्रदेश स्विकार गरिएको बताएका हुन ।

त्यस्तै आफूहरु गोरेबहादुर खपाङ्गिको चेला नभएको बताउदै मेन्याङ्बोले जातिवादी भएर कसैको पनि मुक्ती सम्भव नभएको जिकिर गरे । ‘हामिले उत्पिडित हरुको समस्या पहिचानलाई स्विकार गरेर मात्र समाधान हुन सक्छ भनेका हौ उनले भने ‘मार्क्सवाद , लेनिनवाद र माओवादको विचारले मात्र सम्पूर्ण उत्पिडित जातिको मुक्ती सम्भव छ ।’ एकात्मक राज्य ब्यवस्था चाहने प्रतिगामिहरुले टाउको उठाउन थालेको भन्दै उनले आदिवासी जनजातीहरुले समेत आफ्नो माग राख्दा लचक हुनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्युरो सदस्य गोविन्द राइले माओवादी केन्द्रको नेतृत्वमा मात्र देश समृदितर्फ अग्ग्रसर हुन सक्ने बताए । समग्र लिम्बुवान वासिहरुको मुक्तिको लागि भन्दै तत्कालिन नेकपा ‘माओवादि’ले २०५७ सालमा मोर्चाको गठन गरेको हो । मोर्चाको मुख्य कार्यालय धरान,सुन्सरीमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org