ताजा समाचार

पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा, १ चैत । लेखनाथ नगरपालिका– ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा यही चैत ३ गतेदेखि ५ गतेसम्म सो प्रतियोगिता हुने छ ।

जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जयप्रकाश थापाले जानकारी दिनुभयो । विजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजार ५५५ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताबाट करिब रु दुई लाख ५० हजार आम्दानी तथा रु दुई लाख २५ हजार खर्च हुने आयोजकले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org