ताजा समाचार

पूर्व–पश्चिम रेलमार्ग चितवनको निकुञ्जको बीचबाट नबन्ने

 

काठमाडौं,४ चैत । चितवन राष्ट्रिय निकुञ्जले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निकुञ्जको बीचभागबाट बनाउन नदिने भएको छ ।

निकुञ्जले रेलमार्ग बीचभागबाट बनाएर लादा दुर्लभ वन्यजन्तुहरुको संरक्षण नहुने भन्दै निकुञ्जको बीचबाट रेल लाने अनुमति नदिने भएको हो । निकुञ्जमा रहेको ‘पाटे बाघ र एक सिंगे गैँडाको संरक्षण नेपालका लागि निकै महत्वपूर्ण छ ।

निकुञ्जले नमानेपछि विभागले रेलमार्गलाई पथलैयाबाट हैटौंडा ल्याउने र राजमार्ग क्षेत्र हुँदै भरतपुर (नवलपरासीको चोरमारा) मा जोड्ने गरी सम्भाव्यता अध्ययन गरिसकेको छ । ।

यो क्षेत्रबाट रेलमार्ग बनाउने गरी रुट सर्भे सकिएकाले अब विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) को प्रक्रिया अघि बढाउने तयारी गरिएको छ । अब रेल निजगढबाट नवलपरासीसम्म राजमार्गको उत्तर–दक्षिण भएर चल्नेछ ।

पूर्व–पश्चिम रेलमार्गअन्तरगत अहिले बर्दिबास–सिमरा खण्डमा ३० किलोमिटरको रेल्वे ट्रयाक निर्माण भइरहेको छ । पहिलो चरणमा महोत्तरीको बर्दिबासदेखि सर्लाहीको लालबन्दीसम्मको खण्डमा ट्रयाक खोल्ने काम हुँदैछ ।

सरकारले पूर्व–पश्चिम रेलमार्गको मूल रुटलाई ९ खण्डमा विभाजन गरेको छ । काठमाडौं–वीरगञ्ज रेलमार्ग निर्माणको अध्ययन गर्न परामर्शदाता छान्ने प्रक्रिया अन्तिम चरणमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org