ताजा समाचार

प्रदेश ४ को नामाकरणका विषयमा फरक फरक मत

 

पोखरा, १० वैशाख । प्रदेश ४ को राजधानी पोखरामा राख्ने विषयमा सांसदहरुवीच सहमति जुटेपनि प्रदेशको नाम के राख्ने भन्ने विषयमा भने फरक–फरक मत आइरहेको छ ।

आइतबार देखि सांसदहरु प्रदेशको राजधानी र नामाकरणको सुझाव लिन प्रदेश ४ का ५ जिल्लामा गएर सुझाव लिने कार्य गरिरहेका छन् ।जनताको सुझाव अनुसार प्रदेश नामाकरणका सिफरिस गर्ने भनिए पनि आम जनताको यसमा सहभागिता भने कम देखिएको छ।

१० जना सांसद र ११ जना कर्मचारी सुझाव लिन यतिबेला जिल्ला कुदिरहेका छन् । सुझाव संकलनको कार्यक्रम सबैजसो ठाउँमा औपचारिकता पूरा गर्नमात्र खोजिएको भन्दै सांसदको टोलीसँग सहभागीले आक्रोस पोखेका छन् ।

सुझाव संकलनमा जाँदा सांसदले २ हजार र कर्मचारीले १ हजार ५ सय रुपैयाँ दैनिक भत्तासहित अन्य सुविधा पाउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org