ताजा समाचार

प्रधानमन्त्री ओलीले गरे नयाँ पार्टी कार्यालयको निरीक्षण (फोटोफिचर)

काठमाडाैँ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नयाँ पार्टी कार्यालयको निरीक्षण गरेका छन् ।

बुधबार मध्यान्ह थापाथली पुगेर प्रधानमन्त्री ओलीले नयाँ पार्टी कार्यालयको निरीक्षण गरेका हुन् ।

पासाङ ल्हामु प्रतिष्ठानले धुम्बाराहीस्थित कार्यालय खाली गर्न भनेपछि एमालेको पार्टी कार्यालय थापाथलीमा सर्दैछ ।  प्रधानमन्त्री ओलीले पार्टी कार्यालय राख्न लागिएको नयाँ भवनको निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री ओलीसहित कृषि तथा पुशपंक्षी विकास मन्त्री पद्मा अर्याल पनि थपाथली पुगेकी थिइन् । चक्रपथ विस्तारको समस्या र सामाजिक संस्थाको भवन भएका कारण कार्यालय सार्ने तयारी पहिलादेखि नै भइरहेको एमाले कार्यालय सचिव ईश्वरी रिजालले बताए ।

०७२ सालको भूकम्पले बल्खुको एमाले पार्टी कार्यालय क्षतिग्रस्त भएपछि यति समूहको को भवन धुम्बाराहीमा सरेको थियो ।

एमाले पार्टी कार्यालय व्यापारिक समूह यति समूहको भवनमा सारिएपछि विवाद बढेको थियो ।

फोटोः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org