ताजा समाचार

प्रभु इन्स्योरेन्सको खुदनाफा १३ करोड, ११ करोड रुपैयाँ दावी भुक्तानी हुन बाँकी

 

काठमाडौं,३१ वैशाख। प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले गत चैतसम्म १३ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा १० करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो ।

प्रभु इन्सयोरेन्सले गत चैतसम्म २१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने प्रभुले १७ करोड ७४ लाख रुपैयाँ गरेको थियो । गत आवको सोही अवधिमा ६० करोड ५० लाख रुपैयाँ आन्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ पुगेको छ ।

कम्पनीले चैतसम्म २५ करोड ५८ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । ११ करोड रुपैयाँ दावी भुक्तानी हुन बाँकी नै रहेको प्रभु इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org