ताजा समाचार

प्रहरीद्वारा युवासंघ रूपन्देही अध्यक्षको हत्यामा संलग्न सार्वजनिक

लुम्बिनी, १५ फागुन । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ ।

जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार छन् भने सात जना पक्राउ परेका छन् ।

रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर– ३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो ।

सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका – ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।

प्रहरीका अनुसार चापागार्इँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए ।
प्रहरीले सो घटनामा स्थानीय तथा बाहिरी मानिसको संलग्नता पनि हुन सक्ने सम्भावना रहेको बताउँदै त्यसतर्फ गम्भीरतापूर्वक निगरानी भइरहेको बताएको छ । तिवारीको गत पुस ४ गते हत्या भएको थियो । हत्यामा संलग्न मुख्य योजनाकारसहित फरार अभियुक्तलाई छिट्टै सार्वजनिक गरिने प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो ।  ________________________________________

____________दुर्गा तिवारी ______________________________

पक्राउ परेकाहरुमा देवदह ६ को बसन्त बहादुर चापागाई, तिलोत्तमा १५ को बुद्धिसागर यादव, तिलोत्तमा १५ कै राजेश यादव, तिलोत्तमा ८ को प्रयास भन्ने खेमानन्द भट्टराई, देवदह ८ को सागर थापा, धकधई ८ परासीको अंगद थारु र देवदह ९ को ऋषिश्वर कुमाल रहेका छन् । पक्राउ परेकाहरुले हतियार ल्याउने, तिवारीको बारेमा सूचना दिने, हत्या गर्न मोटरसाईकलमा लैजाने र भगाउने सम्मको काममा संलग्नता रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चापागाईले मनोज पुन भन्ने मनोज बुढा मगरको निर्देशन बमोजिम घटनाको दिन दिनभरी दुर्गा प्रसाद तिवारीको गतिबिधिको निगरानी गरी जानकारी गराएका थिए। त्यस्तै बुद्धिसागर यादवले मनोज बुढा मगरको निर्देशनमा सागर थापाले ल्याएको बा। ५१ प ८०७३ नं। को मोटरसाईकल लुकाई छिपाई केही महिना अघिदेखि आफ्नो घरमा राखिदिएको र घटना हुँदा आफ्नो भाई राजेश यादवसँग उक्त मोटरसाईकल पठाई दिएको र उक्त मोटरसाई रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएको प्रहरीले बताएको छ।

पक्राउ परेको खेमानन्द भट्टराईले सुटर राजुलाई आफ्नो लु २८ प २११९ नं।को मोटरसाईकलमा राखि रोहणी पुलसम्म पुर्‍याएको र घटना पश्चात सुटर तथा सागर थापालाई सोही मोटरसाईकलमा रोहणी पुलबाट मणिग्राम सम्म पुर्‍याएको प्रहरीले जनाएको छ । सागर थापाले सुटर राजुलाई मोटरसाईकलको पछाडि राखी दुर्गा तिवारीको पिछा गरी गोली प्रहार पछि सेमराना हुँदै रोहणी पुलमा पुगी मोटरसाईकल रोहणी पुलमा छाडी खेमानन्द भट्टराईको लु २८ प २११९ नं।को मो।सा। मा मणिग्राम तर्फ गई निज सो दिन पाल्पा तर्फ लागेको थियो । त्यस्तै प्रहरीले हातहतियार तथा फिरौतीमा संलग्न अंगद थारु, ऋषिश्वर कुमाललाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले मनोज बुढामगरलाई कुनै पनि प्रकारको सहयोग नगर्न, नगराउन सम्पूर्णमा अनुरोध समेत गरेको छ । साथै कुनै प्रकारको सहयोग गर्ने, सूचना दिने वा अन्य गतिबिधिमा संलग्न भए गरेको पाईएमा जो सुकैलाई कानून बमोजिम कडा कारबाही गरीने समेत जनाएको छ । रुपन्देहीको देवदह ७ खैरेनी निवासी दुर्गा तिवारीको गत पुस ४ गते दिउँसो साढे तीन बजे मोटरसाईकलमा गएको दुई जनाको समूहले गोली हानी हत्या गरेका थिए । पार्टी तथा संगठनको कामसँगै ईट्टा व्यवसायलाई समेत संगसँगै अगाडि बढाउँदै आएका तिवारीमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले प्रहरी, पत्रकार तथा अन्य विभिन्न व्यक्तिहरुलाई टेलिफोन गरी तिवारीको हत्या आफूले गराएको जिम्मा लिएका थिए ।

पाँच नं.प्रदेश विभाजनको विरोधमा आन्दोलन गर्दै आएको एमालेले तिवारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जिल्ला बन्द सहितको आन्दोलन चर्काएपछि सरकारले छानविन समिति गठन गरेको थियो । समितिले दुई साताभित्रमा हत्यामा संलग्नलाई पक्राउ गर्ने जनाए पनि दुई झण्डै साढे दुई महिनापछि मात्र हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org