ताजा समाचार

बदल्दैछ एप्पलले आइफोनको नाम

एजेन्सी-। एप्पलले आफ्ना आगामी संस्करणका आइफोनको नाम बद्लिने भएकाे छ ।

टेक्नोलोजी विश्लेषण सम्बन्धी एक चर्चित साइट गुगेनहेमका विश्लेषक रोबर्ट चिराका अनुसार एप्पलले यो वर्ष सार्वजनिक गर्ने आफ्नो नयाँ आइफोन तथा भविष्यमा ल्याउने अन्य आइफोनको नाममा महत्वपूर्ण परिवर्तन गर्ने योजना बनाइरहेको छ । उक्त साइटको रिसर्च नोटमा उनले लेखेका छन्, ‘आइफोनको नामाकरण तथा ब्राण्डिङका सन्दर्भमा औपचारिक परिवर्तन गर्नका लागि एप्पलले आफ्नो आगामी साइकल प्रयोग गर्नेछ ।’

एप्लले यो वर्ष सार्वजनिक गर्ने भनिएको सबैभन्दा सस्तो आइफोनको नाममा आइफोन पछाडि कुनै फुर्को जोड्नेछैन र मात्र क्ष्एजयलभ राख्नेछ ।यसको अर्थ एप्पलले आइफोन ब्राण्डको पछाडि सेभेन, सिक्स, टेन आदिजस्तै कुनै नम्बर राख्नेछैन ।

एप्पलले केही समयअघि लञ्च गरेको नयाँ आइप्याडलाई साधारण रुपमा क्ष्एबम मात्र नामाकरण गरेको थियो र यहीँ ट्रेण्ड आगामी आइफोनमा पनि लागू गर्ने दाबी उनको छ । यसअघि एप्पलले आइप्याड, आइप्याड टू, आइप्याड थ्री, आइप्याड फोर हुँदै गत वर्ष मात्र आइप्याड नामबाट नयाँ आइप्याड लञ्च गरेको थियो ।

यो वर्ष एप्पलले तिनवटा आइफोन सार्वजनिक गर्ने अनुमान गरिएको छ । जसमाः

· आइफोन एक्सको उत्तराधिकारीको रुपमा ५.८ इन्चको ओएलइडी आइफोन

· एप्पलको प्लस भेरिएन्टको रुपमा ६.५ इन्चको ओएलइडी आइफोन

· सस्तो मूल्यको ६.१ को एलसिडी आइफोन

यससँगै यहीँ जुनमा हुने कन्फ्रेन्समा एप्पलले आफ्नो सबैभन्दा सानो आकारको आइफोन, आइफोन एस इ सार्वजनिक गर्ने पनि बताइएको छ । यो फोन सन् २०१६ मा सार्वजनिक भएको आइफोन एसइको उत्तराधिकारीको रुपमा रहेको बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org