ताजा समाचार

बाबुराम भट्टराईले गरेका यी काम,जसले उनलाई चर्चित बनायो

नेपाली राजनीतिका एक विद्वान नेताको छवि बनाएका डा.बाबुराम भट्टराई सधै चर्चामा आईरहन्छन् । कुनै विषयले मिडियामा प्रवेश पाउने बित्तिकै होस् या सार्वजनिक महत्वका बिषयमा उनी आफ्नो धारणा तुरुन्तै स्पस्ट रुपमा सामाजिक सञ्जाल वा सञ्चारमाध्यमबाट सार्वजानिक गरिहाल्छन् ।

तत्कालिन एनेकपा माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति नेपाल पार्टीको निर्माणमा लाग्दा उनी बढी चर्चामा आए । त्यसयता विभिन्न ठाउँमा पुगेर उनले दिएका अभिव्यक्तिले कहिले सकारात्मक त कहिले नकारात्मक टिप्पणी पाएको देख्न सकिन्छ । जसबाट उनी चर्चामा आउँछन् ।

भट्टराई २०५० सालपछि बढि चर्चामा आएको देखिन्छ । खासगरी तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गरेपछि चर्चामा आए । ति बाहेक उनले गरेका अन्य कामले पनि चर्चामा आए ।
वि.सं. २०५२ माघ २२ गते तत्कालीन नेकपा माओवादीको तर्फ बाट ४० सुत्रिय माग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेश गरे ।

२०५८ सालपछि नेकपा माओवादीद्वारा समानान्तर सत्ता र सरकारको रुपमा संयुक्त क्रान्तिकारी जनपरिषद्को घोषणा गरेपछि त्यसको प्रमुख बने ।

वि.सं २०६४ चैत्र २८ गते भएको नेपाली इतिहासको पहिलो संविधानसभा निर्वाचनमा गृहजिल्ला गोरखा क्षेत्र नं २ बाट देशैभरीको क्षेत्रहरुबाट सबै भन्दा बढि मत ८१.९३५ ल्याएर संविधानसभा सदस्यमा निर्वाचित भएर ।

दोस्रो संविधानसभामा सबै भन्दा महत्वपूर्ण समिति राजनीतिक संवाद तथा सहमति समितिको सभापतिको रुपमा वि.सं. २०७१ बैशाख १५ देखी २०७२ असोज ३ सम्म कार्यसम्पादन गरे ।

पुष्पकमल दाहाल नेतृत्व सरकार हुँदा अर्थमन्त्री बनेका उनलाई त्यसबेला सफल अर्थमन्त्रीको रुपमा लिईएको थियो ।

दुई ठूला दल काङ्ग्रेस र एमालेलाई बिपक्षमा राखेर साना दलको समर्थनमा २०६८ साल भदौबाट २०६९ साल फागुनसम्म नेपालको ३५ औं प्रधानमन्त्री बन्न सफल भए । भट्टराई नेतृत्वको सरकारले लगातार २ बर्षसम्म बजेट प्रस्तुत पाएन । जसको कारण पनि उनी चर्चामै रहे ।

नेपाली उत्पादनलाई प्रबद्र्धन गर्नुपर्ने भन्दै आफ्नो प्रधानमन्त्री कालमा नेपालमा निर्मित मुस्ताङ म्याक्स् गाडी चढेर उनी चर्चामा आए ।

_______________________

केदारनाथ नेपाल  ‘निश्चल’ 

चण्डेनी-४, काभ्रे

_______________________

२०७२ साल भदौ ९ गते एनेकपा माओवादी उपाध्यक्ष र संविधानसभाको सदस्यबाट समेत राजीनामा दिएर पनि उनी चर्चामै आएका थिए ।

प्रधानमन्त्री हुँदा जनताको घरमा बास बस्ने र ‘जनतासँग प्रधानमन्त्री’ रेडियो कार्यक्रमको शुरुवाद गरेर जनतासँग प्रत्यक्ष जोडिने विविध कार्यक्रम गरेर भट्टराई चर्चामा आए ।

त्यस्तै प्रधानमन्त्री हुँदा चुनौतीकाबीच काठमाडौं उपत्यका लगायत देशै भरको सडक चौडा ‘पराकिलो’ बनाउनु कार्यको थालनी गरेर समेत चर्चामा आएका थिए ।

नयाँ संविधान बनेपछि मधेसी, थारु, जनजाति लगायतको माग संविधानमा नसमेटिएकोप्रति दुःखी हुँदै संविधान अधुरो रहेको वताएका थिए । उनले संविधान बनेपछि देशका सबै जनता खुसी नभएको भन्दै आफू आंशिक खुसी भएको जानकारी गराए । जस कारणबाट पनि भट्टराई चर्चामा रहे । संविधान बनेको बर्षदिन पुगिसकेको यस अवस्थामा भट्टराई जतिसक्दो चाँडो संविधान संशोधन गरेर माग पुरा गराउन बारम्बार सरकाराई दवाब दिईरहेका छन् ।

नयाँ शक्ति नेपाल पार्टीको संयोजक बनेर पार्टी हाँकी रहेका भट्टराई मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, आर्थिक समृद्धि लगायतका नारा लिएर देशव्यापी अभियानमा छन् । जसकारण उनी चर्चामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org