ताजा समाचार

बाबुसँगै रेड कार्पेटमा प्रवेश गर्दा मोडल हेदिदलाई यस्तो समस्या

काठमाडौं, ४ जेठ । ७० औं कान्स फिल्म फेस्टिबलको पहिलो दिन मोडल बेला हेदिदले रेड कार्पेटमा प्रवेश गरिन् । उनले एलेक्जेन्डर वौथिएरको लाइट सिल्क गाउन लगाएकी थिइन् । तर बेलाको लागि उक्त समय निकै मुश्किल रह्यो । वास्तवमा, रेड कार्पेटका इन्ट्रि लिँदा नै उनी वार्डरोब मालफंक्सनको शिकार भइन् ।

बेलाले गाउनलाई मिलाउन निकै कोसिस गरिन् । तर उनी कसैगरी पनि सफल हुन सकिनन् । यद्यपी, उक्त कार्यक्रममा यस्तो मौका पनि देख्न पाइयो जब बेला वार्डरोब मालफंक्शनको प्रवाह नगरी साथीहरुसँग रमाइलो गरिरहेको पनि देखिइन् ।

यतिमात्र होइन, उनी फोटोग्राफर्सलाई प्रोफेशन मोडल जस्तै पोज पनि दिइन् । कार्यक्रममा उनी बुवा मोहम्मद् हेदिदसँग पुगेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org