ताजा समाचार

बिबिसीका पत्रकारले प्रत्यक्ष प्रशारणमा महिलाको स्तन समाएपछि (भिडियोसहित)

काठमाडौं, ५ जेठ । एउटा प्रत्यक्ष अन्तर्वार्तामा बिबिसीका पत्रकार वेन ब्राउनले महिलाको स्तन समाएका छन् । उनले आफ्ना सहकर्मी तथा राजनीतिक मामिलासम्बन्धी सहायक सम्पादक नोमान स्मिथसँग लेबर पार्टीको चुनावी घोषणापत्रबारे ब्राडफोर्डमा अन्तर्वार्ता लिइरहेका थिए । अन्तर्वार्ताको प्रत्यक्ष प्रशारण भइरहेको थियो ।

अन्तर्वार्ता भइरहेको समयमा अकस्मात एक अधबैँसे महिला उनीहरुको बीचमा पुगेर अवरोध गरिन् । ती महिलालाले एउटा औंला ठड्याएर निकै राम्रो भनिन् । तत्कालै ब्राउनले दाँया हातले ती महिलाको स्तन समाएर पन्छाए । ब्राउनको व्यवहारले आक्रोशित महिलालो ब्राउनको काँधमा जोडले हिर्काएर क्यामेराबाट भागेकी थिइन् ।

हात फैलाउँदा संयोगवश महिलाको स्तनमा हात पुगेको ब्राउनले जिकिर गरेका छन् । तर ब्राउनले स्तन नै ताकेर समाएको क्यामेरामेन जासस फरिङटानको भनाइ छ । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

https://www.youtube.com/watch?v=P_VraLfy0bo

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org