ताजा समाचार

भक्तपुर अस्पतालमा नाक, कान, घाँटी सेवा सुरु

भक्तपुर, माघ १० गते । भक्तपुर अस्पतालमा दैनिक रुपमा नाक, कान, घाँटी विशेषज्ञ सेवा सुरु भएको छ । यसको दरबन्दी रहे पनि डाक्टरको नआउँदा धेरै वर्षदेखि सुरु हुन नसकेको यो सेवामा डा रविभूषण सुवाल आएपछि यो सेवा सुरु भएको हो ।

अस्पतालमा नाक, कान, घाँटीबाहेक अहिले हाडजोर्नी सेवा पनि दैनिक सुरु भएको छ । यसअघि प्राइभेट(इएचएस) रुपमा त्यहाँं हाडजोर्नीे सेवा सञ्चालनमा थियो ।

अस्पतालमा सघन उपचार कक्ष (आइसियु) सेवाका लागि सामान खरिद भइसकेको र निकट भविष्यमै सेवा सञ्चालनको तयारी गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार केसीले बताउनुभयो ।

वीर अस्पतालपछि देशकै दोस्रो पुरानो अस्पतालका रुपमा रहेको यो अस्पतालले सेवाहरु विस्तार गर्दै लगेको छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org