ताजा समाचार

 भक्तपुर मन्दिरमा शङ्कास्पद शव भेटियाे

 

भक्तपुर, ६ जेठ । भक्तपुर नगरपालिका– ३ स्थित मंगलाछेस्थित शिवालय मन्दिरमा अन्दाजी ६५ वर्षका पुरुषको शव शंकास्पद अवस्थामा भेटिएको छ ।

कालो ज्याकेट, सेतो नीलो सर्ट र नीलोमा सेतो धर्सा भएको ट्र्याकसुट लगाएका वृद्धको शव मन्दिरमै भेटिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए । शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org