ताजा समाचार

भारतीय सेना छोडेर कुखुरापालनमा रमाए पुन

काठमाडौं । आजभोलि हामीहरुलाई देशमा हैन बिदेशमा बसेर पैसा कमाउने र रमाइलो गर्ने रहरले गाँजेको छ । दैनिक नेपाली करिव २ हजारको संख्यामा खाडी मुलुकदेखि अन्य देशमा रोजगारी वा अन्य कारण देखाउँदै जाने गरिरहेका छन् । देशमा सरकारले सार्वजनिक गर्ने बजेटकै हाराहारीमा ‘रेमिटेन्स’ पनि भित्रने गरेको छ ।
बिदेशको यस्तो मोहबीच एक जना व्यक्ति भने भारतीय सेनाको जागिर छोडेर इराकदेखि हङकङसम्म पुगे । तर, उनी त्यहाँ रमाउन सकेनन् र फर्किए स्वदेश । अहिले ती व्यक्ति ५३ वर्ष पुगे र पनि व्यवसायमा सक्रिय उनी बिदेशमा बसेर कमाउनु भन्दा देशमै केही गर्ने भनेर फर्किएका छन् । उनी हुन् दलु पुन ।

पुन हाल काठमाडौंको स्युचाटारमा बस्छन् । पुनका एक छोराले स्नातक उतीर्ण गरिसकेका छन् भने एक छोरा र एक छोरी बैदेशिक रोजगारीका लागि दुवै मुलुक पुगेका छन् ।
उनी७ वर्षदेखि कुखुरा फारम सञ्चालन गर्दै आइरहेका छन् । ‘पहिला म इन्डियन आर्मी थिएँ, जागिर छोडेर हङकङ गएँ, इराकलगाएतका देशहरुपनि गए ।’ उनले भने ।

उनी कति विदेशमै बस्ने नेपालमै गएर केही व्यवसाय गर्नुपछर्, भन्ने लागेर नेपाल फर्किएको बताउँछन् । ‘कता र कुन पेशा रोजौं  भन्ने भइरहेको बेला म चितवनमा थिएँ, त्यो बेला त्यहाँ मेरा मित्रहरुले मलाई यो गर राम्रो छ, भन्ने सल्लाह दिएपछि म यो पेशामा लागें ।’ उनले न्युज–नेपालसँग भने ।

सुरुमा उनले कुखुरा फारम सुरु गर्दा कुखुरालाई खुवाउने दाना, औषधिलगाएतका खर्चमै १२ लाख जति लगानी भएको उनले विगत संझिए । ‘एक हजार कुखुराका चल्ला राखेर मैले सुरुमा फारमखोलेको थिए, अहिले मेरो फारममा५ हजार कुखुरा छन् ।’ उनी भन्छन्, ‘चल्ला त म बालाजुबाट ल्याउँछु । फाइदा त हुन्छ तर महिना/महिनामा अरु पेशा जस्तो पैसा आइहाल्दैन, कुखुराका ‘अण्डा’ बेचेर पैसा हात लाग्न ५ महिना कुर्नुपर्छ ।’
त्यसपछि भने मनग्गे फाइदा हुने उनको भनाइ छ । पुनले सञ्चालन गरेको फारमबाट कुखुराको मासु बिक्री हुन्न । उनले कुखुरापालन मासुका लागि होइन, अण्डा बिक्री गर्न सुरु गरेका हुन् । उनको फारमबाट एक ‘लट’ मा १२ देखि १५ लाख रुपैयाँ फाइदा हुने उनले सगौरव सुनाए ।  उनले भने, ‘म बिदेशमा बसेर महिनामा बढीमा १ लाख कमाउथें, यहाँ ५  महिनामै १५ लाख रुपैयाँसम्म कमाउने भएँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org