ताजा समाचार

भोट खसालेर घुम्न निस्किएका कलाकार परियारको हत्या

काठमाडौं, १ जेठ । कलाकार विक्रम परियारको हत्या भएको छ । विशेष गरी नाटक तथा रेडियो नाटकमा सक्रिया कलाकार परियारको स्थायी घर तनहुँको व्यास नगरपालिका, वडा १ मा भोट हालेर घुम्न निस्कंदा अज्ञात समुहले आक्रमण गरी हत्या गरेको हो । काठमाण्डौंमा बसेर कलाकारिता गर्दै आइरहेका उनी स्थानिय चुनावमा भोट हाल्न घर गएका थिए ।

भोट खसालेर घर नजिकै साथीसँग घुम्न निस्किएका बेला ५६ जनाको समुहले आक्रमण गरी उनको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान भएको छैन । स्व. कलाकार परियारका एक श्रीमती, एक छोरा र छोरी छन् । उनले फिल्म ‘बधशाला’ पनि अभिनय गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org