ताजा समाचार

मजदुर मृत भेटिए, गैँडाको आक्रमणबाट घाइते

चितवन, १५ फागुन । चितवनको भरतपुरस्थित गाडी वर्कसपमा काम गर्ने एकजना मजदुर मृत भेटिएका छन् ।

भरतपुर–४ स्थित खनालचोकमा रहेको असलाम अहमदको गाडी वर्कसपमा काम गर्ने धादिङका ७० वर्षीय बाबुराम सिंमखडा आफ्नै कोठामा शनिबार मृत भेटिएका हुन् ।

प्रहरी निरीक्षक निरञ्जन भट्टराईको प्रहरी टोलीले मुचुल्का उठाई शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाइएको छ ।

यसैगरी शनिबार साँझ पूर्वी चितवनको कुमरोजमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन् । खैरहनी–१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा स्थानीयवासी ५३ वर्षीय कुमारबहादुर तामाङलाई गैँडाले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

जङ्गलमा रुखबाट झरेको पात दाउरा टिप्ने क्रममा एक्कासि जङ्गली गैँडाले आक्रमण गर्दा घाइते भएको र अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org