ताजा समाचार

 मलेसियाका पूर्वउपप्रधानमन्त्री जेलमुक्त

 

क्वालालम्पुर, २ जेठ । मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त भएका छन्।

गुदमैथुनको अभियोगमा जेल पर्नुभएका इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । उनलाइ जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनकाे सुभेच्छुकले खुशीयाली मनाउँदै ¥याली निकालेका थिए ।

 कालो कोटमा देखिनु भएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार जानु भएको थियो भने पत्रकारहरूले उनलाइ लगातार पछ्याइरहेका थिए । राष्ट्रप्रमुख तथा राजा मोहम्मद पाँचौँले उनलाइ पूर्ण माफी दिँदै तत्काल रिहा गर्न लगाएका थिए ।

थुनामुक्त भएपछि आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अन्वारले आफूलाई विनाशर्त रिहा गरिएको बताए ।
उनलाइ सन् १९९८ मा उपप्रधानमन्त्रीबाट पदच्युत गरएको थियो भने केही समयपछि भ्रष्टाचार र गुदमैथुनको आरोप लगाएर जेल चलान गरिएको थियो ।

उनलाइ सन् २०१५ देखि फेरी गुदमैथुनकै आरोपमा दोस्रो पटक काराबासको सजाय गरिएको थियो ।
आफूमाथि लागेको आरोपलाई भने अन्वारले अस्वीकार गर्दै राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताएका थिए  ।

सन् २०१६ देखि अन्वार र पूर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले संयुक्तरूपमा नाजिब रजाक नेतृत्वको सरकारविरुद्ध मोर्चाबन्दी गरेका थिए । उनीहरुकाे  मोर्चाबन्दीबाट बनेको पकाटन हरापन गठबन्धनले गत हप्ता भएको आमनिर्वाचनमा जित हासिल गरेको थियो ।

निर्वाचनमा विजयी भएसँगै गठन भएको नयाँ सरकारको प्रधानमन्त्री बन्नु भएका माहाथिरले दुई वर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन् ।

बयानब्बे वर्षीय प्रधानमन्त्री माहाथिरले दुई वर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताएका छन् ।
यसअघि लामो समय मुलुकको प्रधानमन्त्री भएर विश्राम लिनुभएका माहाथिरले निवर्तमान प्रधानमन्त्रीको कार्यकालमा मुलुकमा भ्रष्टाचार र गलत कामहरू भएको भन्दै फेरी राजनीतिमा फर्किनु भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org