ताजा समाचार

मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

 


काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा वीपीचोक आइतबार केहीबेर तनावग्रस्त बनेको छ ।

सदरमुकाम गौरस्थित ब्यारेक चौरमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम विथोल्न पुगेका मार्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो ।

ढुंगा हानाहानका क्रममा प्रहरी जवान रामविनय यादव, स्थानीय पत्रकार प्रभातकुमार झा र सर्वसाधारण नन्दकिशोर पटेल घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले ५–६ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

वीपी चोकमा झडप र व्यारेक चौरमा कार्यक्रम चलेको थियो । अहिले स्थिति सामान्य बनेको छ । एमालेको कार्यक्रम पनि सकिएको छ । कार्यक्रममा सहभागी हुन पुगेका एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रहरीले कडा सुरक्षाका बीच अहिले चन्द्रनिगाहपुर पुर्‍याइएको छ ।

कार्यक्रमस्थल वरपर बिहानैदेखि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो । सुरक्षाको कारण देखाउँदै त्यस क्षेत्रमा प्रहरीले बिहानैदेखि आवाजजावत रोक्दा आफूहरु समस्यामा परेको रौतहट रघुनाथपुरका किसान योगेन्द्र साहले बताए । ‘बाटोमा छिर्नै दिएनन्,’ उनले भने, ‘घुमाउरो बाटो भएर कार्यालयमा जान खोज्दा यता पनि पुलिसले रोक्यो ।’ धेरै अनुरोध गरेपछि जान दिएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org