ताजा समाचार

मोर्चासँग भएको सहमति महत्वपूर्ण राजनीतिक उपलब्धी : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेसी मोर्चासँग गरिएको  तीन बूँदे  सहमतिलाई महत्वपूर्ण राजनीतिक उपलब्धी भएको निष्कर्ष निकालेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज  वसेको सो पार्टीले निष्कर्ष निकालेको  हो ।  साथै  बैठकले हिजो भएको सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि प्रमुख प्रतिपक्ष एमाले लगायतका दलसँग छलफल अघि बढाउने निर्णय पनि गरेको छ । केन्द्रले मधेस केन्द्रीत दलसँग भएको सहमतिलाई महत्वपूर्ण राजनीतिक उपलब्धि भएको निष्कर्ष समेत निकालेको छ । उसले सबै दललाई निर्वाचनमा ल्याउन वातावरण बनाउने निर्णय समेत गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले हिजो भएको सहमतिबारे जानकारी गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org