ताजा समाचार

मौद्रिक नीति परिमार्जन गर्न नपर्ने राष्ट्र बैंकको दाबी

काठमाडौँ । शोधानान्तर घाटा बढेको विवरण आइरहेका बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति परिमार्जन गर्न नपर्ने जनाएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिना बित्दा विदेशबाट भित्रिने रकम बाहिरिनेको तुलनामा करिब ९ अर्ब रुपैयाँ कम अर्थात् शोधानान्तर घाटा छ । तर, राष्ट्र बैंकले देशको ढुकुटीमा पर्याप्त विदेशी मुद्रा सञ्चित रहेकाले आत्तिनु पर्ने अवस्था नरहेको बताएका छ । राष्ट्र बैंकसँग एक हजार ८५ अर्ब रुपैयाँ छ जुन ११ महिनाको लागि बस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।

विदेशी विनिमय सञ्चिति आठ महिनालाई पुग्ने भन्दा बढी रहँदासम्म मौद्रिक नीतिमा फेरबदल गर्न नपर्ने राष्ट्र बैंकको दाबी छ ।

तर, देशको अर्थतन्त्र धान्दै आएको रेमिट्यान्स आप्रवाह घटेर ऋणात्मक हुँदै गएको छ । यापार घाटा पनि बढ्दै गइरहेकाले शोधानान्तर घाटामा वृद्धि भएको जानकारहरु बताउँछन् । गत वर्षको तुलनामा यस वर्ष आयात १२.८ प्रतिशत बढेको छ । तर सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदो छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org