“मौन प्रदर्शन”का क्रममा भेनेजुयलामा २० जनाको मृत्यु
काराकास । राष्ट्रपति निकोलस मादुरोकाविरुद्धमा विगत तीन हप्ता देखि भइरहेको प्रदर्शनका क्रममा अहिले सम्म २० जनाको मृत्यु भएको छ ।
राजधानीदेखि पूर्बतर्फ आइतबार पनि सेतो कपडा लगाएका प्रर्दशनकारीहरुलाई प्रहरीले पछाडि धपाउनका लागि अश्रुग्यास प्रहार गरेको थियो ।
सरकार पक्षीय व्यक्तिहरुले प्रदशर्ननकारीहरुलाई हमला गरेको एक जना महिला पत्रकारले बताउनुभयो । मादुरोका पूर्ववर्ती ह्युगो चाभेजको कार्यकालपछि हालका केही हप्ता यता भेनेजुयलामा पहिलो पटक सडकमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीहरुलाई विरोधका क्रममा जान चाहेको ठाँउमा प्रवेश गर्नबाट सुरक्षाकर्मीहरुले निषेध गर्ने र पछाडि हटाउने गरिरहेका छन् ।
पछिल्ला दिनमा भेनेजुयलाको प्रतिपक्षी दलले देशका अन्य सहरहरुमा पनि प्रदर्शन गरेका छन् । ती ठाँउहरुमा पनि प्रहरी तथा अन्य राष्ट्रिय सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन् ।
विपक्षी प्रदर्शनकारीहरु चर्चसँग नजिक भएको जस्तो देखिएको छ । शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।
सेतो टि सर्टमा विषेश महत्वका साथ “शान्ति” लेखिएका पहिरनमा प्रदर्शनकारी विरोधमा उत्रिएका थिए । उनीहरुले सेतो फुलहरु, भेनेजुयलाको झण्डा आदि प्रदर्शनका बेला बोकेका थिए ।
प्रदर्शनकारीहरुले आफुहरु सरकारबाट नडराएको बताएका छन् । “हामीले केही पाएका छैनौं, गुमाउन तयार छौं, सरकारले सवै कुरा लिईसकेको छ, हामी आत्मसम्मान सहितको जिन्दगी चाहन्छौं,” एक जना प्रदर्शनकारीले बताए ।
भेनेजुएलामा भइरहेको आन्दोलनमा सरकारी दमन बढेको भन्दै विभिन्न क्षेत्रबाट सरकारको आलोचना पनि भइरहेका बताइएको छ । रासस/सिन्ह्वा
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...