ताजा समाचार

युवा महासंघमा राना

सुर्खेत । आदिवासी जनजाती युवा महासंघ जिल्ला कार्य समिती सुर्खेतको अध्यक्षमा रोशन रानामगर चयन भएका छन् । नेपाल आदिवासी जनजाती समन्वयन परिषद सुर्खेतले विहिवार वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी रानालाई अध्यक्षमा चयन गरेको हो ।
नेपाल आदिवासी जनजाती समन्वयन परिषद सुर्खेतका अध्यक्ष पञ्चिसिंह रोकाय तथा आदिवासी जनजाती युवा महासंघ केन्द्रिय सदस्य मिलन श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाती समन्वयन परिषद सुर्खेतका सदस्य शुभाष श्रेष्ठ, नेवाः देय् दबू जिल्ला कार्यसमिती सुर्खेतका सचिव लवमान श्रेष्ठ, खाम्पा समाजका कोषाध्यक्ष सिंहराज गुरु¨,कुमाल सुधार समाजका अध्यक्ष लाले कुमाल लगाएतको उपस्थित रहेको कार्यक्रममा नेवुाः देय् दबू जिल्ला कार्यसमिती सुर्खेतका अध्यक्ष जीवन कुमार शाक्यले स्वागत मन्तव्य दिएका थिए ।

यसै गरी कार्यक्रमा रोशन राना मगरको अध्यक्षमा १३ सदस्यीय कार्य समिती चयन भएको छ । जसको उपाध्यक्षमा संगिता कुमाल, सचिवमा बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षा चन्द्रा थापागर, सदस्यहरुमा संदिपा कुमाल, बिनोद सोती रहेका छन् भने चयन हुन बांकि पदहरु संघको पहिलो बैठक गर्ने जानकारी महासंघका सचिव बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org