ताजा समाचार

रत्न आभूषणमा समस्या समाधान गर्न पहल गर्नेछु : ज्योत्सना श्रेष्ठ

काठमाडौं । २०६० सालदेखि  नेपाल रत्न तथा  आभुषण सँघमा कार्यरत द्धितिय उपाध्यक्ष ज्योत्ना श्रेष्ठ प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको प्रतिनिधि रुपमा  नेपाल उद्योग वाणिज्य महासँघका तर्फबाट दुवै देशको भ्रमणमा गएकी थिइन्  ।

हालै उनी उद्योग वाणिज्य महासँघको कार्यकारी सदस्यमा निर्वाचित भएकी   छिन् । उनी नेपाल रत्न तथ आभूषण सँघको अध्यक्षमा  उम्मेद्धावारी दिने सोचमा छिन् । यदी मैले अध्यक्षमा चुनाव जितेभने, सुनचादी  र रत्न आभुषणमा भएका समस्याहरुलाई समाधान गर्छु  । यो क्षेत्रमा नीति  नियमनै बनेको छैन त्यो  अवस्थामा यदि म सँघको अध्यक्षमा चुनिए  भने यो व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरालाई समाधान गर्ने छु ।

अहिले ज्यालाको विषयमा   सरकारले वाणिज्य विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सँरक्षण र नापतौल तथा गुणस्तर विभाग   अनुगमन गर्न आउदा हामीले ताला लगाउने कुराहरु आउछन् ।  यसमा कतिपय व्यवसायिहरुले  ताला लगाउने अवस्था छ । यसमा  नीति नै छैन  । के कुरामा उहाँहरुले अनुगमन गर्ने ?   जर्ति  के कति छुट पाउने कुनै नीति बनेको छैन ।

यसमा  के  कस्ता मापदण्ड छन् केही थाहा छैन । हामीले  बेचेको सामान हामीले फिर्ता लिएकै हुन्छौ,  छुट दिने कुराहरुमा दिएकै हुन्छौ । अब कस्तो नीती चाहीने  यसबारेमा उहाँहरुले मापदण्डनै तोक्नु भा छैन । के आधारमा उहाँहरु अनुगमन गर्न आउनुहुन्छ र   हामीले के आधारमा उहाँहरुलाई अनुगमन गर्न दिने भन्ने प्रश्नपनि उठिरहेको छ । बिना आधार र मापदण्ड गरिने अनुगमनलाई कसरी मान्यता दिने ? कुनै नीति नियम र मापदण्ड छैन । सुनचादीको गुणस्तरको सुनिश्चितता हुनुपर्दछ । ज्याला, जर्तिको पनि एउटा मापदण्ड बन्नुपर्दछ ।सुनको शुद्धता पनि तोकिनु पर्दछ । बाईब्याक गर्दाको अवस्थामा पनि एउटा मापदण्ड बन्नुपर्दछ । अनि मात्र अनुगमन गर्न सकिन्छ ।

सुन आयातमा पनि निजि क्षेत्रलाई खुला गरिनु पर्दछ । बैंक तथा बित्तिय सँस्थाबाट सुन खरिद गर्दा एक मुस्ट ठूलो परिणाममा खरिद गर्नुपर्ने व्यवस्था छ । साना व्यवसायीहरुले त्यसरी बैंकमा गएर खाता खोलेर , फर्म भरेर ठूलो परिणाममा सुन खरिद गर्न सक्ने स्थिति छैन । त्यसैले यसमा बैंकबाट २० \ २५ तोला सुन खरिद गर्न पाउने व्यवस्था हुनुपर्दछ । उनी भन्छिन् यदि म रत्न तथा आभुषण सँघको चुनावमा जितेर   अध्यक्ष भए भने पहिलो यो व्यवसायको नीति नियम बताउने कुरामै जोड दिन्छु । हामी जस्ता व्यवसायीका लागि हित हुने  नियम बनाउछु ।   मिल्छ भने  नयाँ नीति नियमनै बताउन पहल गर्छु ।

नयाँ  नीति नियम बनाउन  हामीले वाणिज्य मन्त्रालय , उद्योग मन्त्रालयलाई  हाम्रो मागहरु  पेश गरेर नयाँ नीति ,नियम र मापदण्ड बनाउन पहल गर्छु ।  सुनचादी र रत्न आभूषण  व्यवसाय  गाउँ गाउँमा पनि छ । जहा लेखपढ गर्न नजान्नेहरुले पनि  व्यवसाय गरिरहेका छन् ।  उनीहरुले व्यवसायको व्यवस्थित कारोवारको हिसाबकिताब राख्न सक्दैनन् । सरकारले उनीहरुलाई  व्यवसाय गर्न सिकाउनु पर्दछ । अहिलेको तरिकाले अनुगमन गर्दा व्यवसायीहरु आतँकित भएर   व्यवसायनै बन्द  गर्नुपर्ने अवस्थामा रहन्छन् । त्यसैले यस कुरामा सरकार   प्रष्ट हुनु जरुरी छ ।

नेपालमा रत्न तथा  खनिजको सँम्भावना धेरै छन्  । यहाँ रुवी , पथ्थर , काइनाइट उत्खनन् को राम्रो सँभावना छ । तर सरकारले यी बहुमूल्य पथ्थरहरु  खानिबाट कसरी  निकाल्ने भन्नेकुराको अध्ययन अनुसन्धान गरि उत्खनन् गर्नु पर्दछ । एउटा नीति नियम बनाएर उत्खनन् थाल्नुपर्दछ । सरकारले त्यसका लागि काम गर्न सक्दैन भने विदेशि कम्पनिलाई लगानी गर्न आवहान गर्नु पर्दछ । यसरी बहुमूल्य रुवी र पथ्थरहरु निकाल्न सकेमा सस्तो पर्न सक्छ । त्यसलाई विदेश निकासि गरि राज्यले विदेशि मुद्रा आर्जन गर्न सक्छ । स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ ।

अहिले नेपाल  रत्न तथा आभूषण सँघको सदस्य  ५ सयको हाराहारीमा रहेका छन ।मैले अध्यक्षमा उम्मेद्धारी दिनुको कारण मेरो सँघमा लामो नेतृत्व अनुभव ,  मैले सानै  उमेरदेखि  यो व्यवसायमा काम गर्दै आइरहेकी छु । त्यसैले यो क्षेत्रका समस्या प्रति म पूर्ण जानकार छु र समस्या समाधानकालागि सबैको सहमतिमा पहल गर्नेछु । म नेपाल उद्योग वाणिज्य महासँघको दुई कार्यकाल सदस्य भइसकेकाले यसकालागि महासँघ समेतको पहलमा समाधान खोज्न प्रयत्न गर्नेछु ।  म  अध्यक्षमा  भएमा  यो व्यवसायका  समस्या पूरा गर्न सक्छु भनेरनै अध्यक्षमा उम्मेद्धवारी दिन लागेकी  हु ।

 

 

यो पनि पढ्नुस् ।  

http://news-nepal.com/%E0%A4%86%E0%A4%AD%E0%A5%81%E0%A4%B7%E0%A4%A3-%E0%A4%B8%E0%A4%82%E0%A4%98%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%9C%E0%A5%8D/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org