ताजा समाचार

राष्ट्रपति भण्डारीले अन्माइन् छोरी [फोटोफिचरसहित]

काठमाडौं ३ माघ । राष्ट्रपति विद्यादेवी देवी भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिषेक यादवबीच सोमबार  राष्ट्रपति कार्यालय शितल निवासमा बिहे भएको छ । बिहान १० बजेको शुभसाइतमा स्वयम्वर भएको थियो । ई. मुनिलाल यादव र सांसद किरण यादवका छोरा अभिषेक ईन्जिनियर हुन् भने निशाकुशुम डाक्टर हुन् । उनीहरुको सात वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत भएको हो ।बिहेमा ५१ जना जन्ती शितल निवास आएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । वर-वधुलाई शुभकामना दिन उपराष्ट्रपति नन्दबहादुर पुन, राजनीतिक दलका शीर्ष नेताहरु, सुरक्षा निकायका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, पूर्वराजा ज्ञानेन्द्र शाह लगायत शितल निवास पुगेका थिए ।

 

तस्बिर राष्ट्रपतिको कार्यालय

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org