ताजा समाचार

रिमिक्स भर्सनमा आयो ‘सिन्की अचार’ (भिडियोसहित)

 

काठमाडौं । नेपाली गीत संगीतका चर्चित गीतकार सुभाषचन्द्र ढुंगेलको शब्द, ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. राम थापा र तारा थापाको आवाजमा रहेको ३ दशक भन्दा पुरानो र सर्वाधिक लोकप्रिय गीत सिन्की अचारको रिमिक्स भर्सन बजारमा आएको छ ।

बालबालिकादेखि बृद्धबृद्धासम्म सबैले रुचाएको गीतको रिमेकले थप चर्चामा ल्याएको छ ।
रिमेक भर्सन ‘सिन्की अचार’ गीतमा बिनोदराज ढुंगेल तथा ईन्दिरा जोशीको आवाज रहेको छ । क्रियटिभ बिट्सले बजारमा ल्याएको बिनोदराज ढुंगेलको ‘सुनकेबरा’ एल्बममा संग्रहित यस गीतबाट गायक धेरै आशाबादी रहेका छन् । गीतमा शिव मुखिया तथा जनक सुनुवारको म्युजिक एरेन्ज रहेको गीतमा ¥याप फिचरिङ्ग विश्व श्रेष्ठ तथा कल्पना श्रेष्ठको रहेको छ ।
टेलेभिजन मिडियामा जमेका भिजे रिजन थापा र पछील्लो समयकी चर्चित म्युजिक भिडियो मोडेल सुप्रिया कटुवालको अभिनय रहेको गीतमा आर्टिस्ट नेपालबाट मोडेलिङ क्षेत्रमा जमिसकेका मोडेलहरु सन्ध्या स्याङ्तेन , साधना तिमल्सिना, जेनी शाही, सन्जित घिसिङ, अभिन राउत , कबिर खड्का, एरिक बस्नेत, अस्मिता जिरेल, आदित्य कार्कीले आआफ्नो प्रस्तुती दिएका छन् । भिडियोलाई सन्दिप भूजेलले कोरियोग्राफी गरेका छन् ।
आर्टिस्ट नेपाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस म्युजिक भिडियोलाई संचारकर्मी तथा निर्देशक नव ढुंगेलले गरेका छन् । अमृत सुनुवारको छायाँकनमा माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा पुरानो तथा नयाँ जेनेरसनमा हुने प्रेमलाई प्रस्तुत गराउन खोजिएको छ ।

 
हेर्नुहोस् म्युजिक भिडियो

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org