रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित
मस्को सिन्ह्वा । रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित भएकाे समाचार प्राप्त भएको छ ।
प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उनकाे मात्र लगभग ७५ प्रतिशत मत देखिएको छ । यो उनकाे निकटतम प्रतिद्धन्द्धीको तुलनामा निकै नै बढी हो ।
विपक्षीको भन्दा निकै ठूलो मतान्तरले उनले पुन रुसको राष्ट्रपतिमा जित हासिल गर्नुभएको विश्वका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन प्रशारण गरेका छन् ।
उनीहरुकाअनुसार यहाँको केन्द्रीय निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न त बाँकी नै छ तरपनि पुटिन ७५ प्रतिशत हाराहारीमा मत हासिलगर्दै जितको नजिक पुगेकाछन् ।
राष्ट्रपतीय चुनावमा यो उनकाे अपेक्षित नै जित हो । यससँगै अब रुसी राष्ट्रपतिका रुपमा पुटिनले थप छ वर्ष रुसलाई नेतृत्व प्रदान गर्ने बताइएको छ ।
त्यहाँका प्रमुख विपक्षी नेता एलेक्सेइ नाभाल्नीले भने निर्वाचनमा उठ्न पाएका थिएनन् । निर्वाचनसम्बन्धी कानुन देखाएर उहाँलाई चुनावमा उठ्न नै रोक लगाइएको थियो ।
आइतबार रुसमा राष्ट्रपति पदका लागि मतदान भएको थियो । विश्वका सञ्चारमाध्यमहरुले सोमबार बिहानैदेखि विपक्षीलाई ठूलो मतान्तरले पछिपार्दै पुटिनले जित हासिल गरेको प्रकाशन प्रशारण गरेका छन् ।
यो उनकाे चौथो कार्यकाल हो । उनले यो कार्यकालका लागि पनि जित हासिल गर्ने दाबी यसअघि नै गरिएको थियो ।
यस पटकको राष्ट्रपति निर्वाचनमा उहाँसहित आठजना उम्मेदवार थिए । तर उनकाे मत ल्याउने अर्थात् उनका निकटतम प्रतिद्धन्दी भने पावेल रुदिनि थिए ।
पुटिनका निकटतम प्रतिद्घन्दी रुदिनिनले १२ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । यसलाई कतिपयले भने अस्वाभाविक मत पनि भनेका छन् ।
यसैगरी यस निर्वाचनका अरु प्रतिश्पर्धीमध्ये बढी ल्याउनेले एकजनाले ६ प्रतिशत मात्र मत हासिल गरेका छन् । त्यस्तै अरुले २ र ४ प्रतिशत मात्र मत ल्याएका छन् ।
रुसको राष्ट्रपति पदका लागि यो जित एक किसीमले भन्ने हो भने पहिल्यैदेखि अपेक्षितजस्तो नै थियो । तर पनि यसपटकको मत भने उनकाे अस्वभाविक धेरै आएको छ ।
अधिकारीहरु भन्छन्— सन् २०१२ मा पुटिनले ६४ प्रतिशतमात्र मत प्राप्त गर्नुभएको थियो । तर यसपालि ७५ प्रतिशतको हाराहारीमा हुनसक्छ ।
पुटिनले रुसलाई सन् १९९९ देखि नै नेतृत्व गर्दै आउनुभएको छ । पछिल्ला सर्वेक्षणहरुले उनलाई थप लोकप्रिय भएको देखाएका छन् भने कतिपयले यसलाई लोकप्रियता भन्दा बढी प्रभाव जमाएको भन्न रुचाउँछन् ।
यस पटकको निर्वाचनमा क्रेम्लिनले अपेक्षा गरेकोभन्दा मत भने कम खसेको थियो । आइतबारको निर्वाचनमा ६४ प्रतिशत भन्दा थोरैमात्र बढी मत खसेको थियो ।
राष्ट्रपति पुटिनको चुनावी अभियान टोलीका सदस्यहरुले उनले प्राप्त गरेको मत अपेक्षित नै रहेको भन्दै यो जनादेश पुटिनलाई भविष्यमा आवश्यक निर्णय गर्न र निर्वाध रुपमा सरकार चलाउन सहज हुने प्रतिक्रिया दिएका छन् ।
जनताले मेरो कामको अनुमोदन गरे— राष्ट्रपति पुटिन
चुनावको नतिजा जितको निश्चित आएपछि पुटिनले मस्कोमा आफ्ना समर्थकहरुको एक सभालाई सम्बोधन गरेका छन् ।
त्यस सम्बोधनमा उनले आफूले विगतमा देश र जनताको लागि उपलब्धिमूलक काम गरेकोले देशबासीहरूले आफ्नो सो कार्यको अनुमोदन गरेको बताएका थियो ।
उनले रुसले गएका केही वर्षयता अभूतपूर्व आर्थिक विकास गरेको बताए । उनकाे भनाई थियो— मेरो निर्वाचनको एजेण्डा पनि यही नै थियो, मेरो कार्यकालमा चीनको आर्थिक बृद्धि भएको छ त्यसैले देशको भविश्यका लागि मतदान गर्नुहोस् भनेर जनतासँग अपिल गरेको थिएँ ।
यस जितपछि आफूमाथि देशको थप प्रगति र विकासका लागि जिम्मेवारी बढेको जानकारी दिए । उनले सबैका सहयोगले सुन्दर र प्रिय देश रुसलाई राम्रो बनाउने धारणा पनि राखे ।
पत्रकारको प्रश्न— फेरि पनि उठ्ने कि ?
त्यस सम्बोधनका क्रममा त्यहाँ उपस्थित पत्रकारहरुले उनलाई फेरि अर्काे ६ वर्षे कार्यकालका लागि पनि उठ्नुहुन्छ कि उठ्नुहुन्न भनी प्रश्न गरेका थिए ।
राष्ट्रपति पुटिन पत्रकारहरूको सो जिज्ञासा सुनेर निकै लामो हाँसो हाँस्नुभएको मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।
यस प्रश्नलाई उनले एउटा ठूलो ठट्टा भनेर जवाफ दिनुभएको थियो । उनले भनेका थिए— यहाँहरूलाई लाग्ला म सयवर्षको उमेरसम्म पनि पदमै रहनेछु, तर त्यस्तो हुदैन ।
राष्ट्रपति पुटिनले त्यस्तो होइन भन्दै भने — केही वर्षयता हामीले देशमा गरेका विकासका काम, आर्थिक बृद्धि तथा अरु देशका लोकप्रिय कामका लागि मतदाताहरुले मलाई छान्नुभएको हो, यसबाहेक अरु केही होइन ।
चिनियाँ राष्ट्रपति चिनफिङको बधाई
यसैबीच चिनियाँ राष्ट्रपति चिनफिङले रुसी राष्ट्रपतिमा पुटिन निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।
उनी रुसी राष्ट्रपति पुटिनलाई बधाई दिने पहिलो विदेशी राष्ट्रप्रमुख बन्नुभएको छ । पुटिनको मतगणना अन्तिममा पुगेपछि नै चिनियाँ राष्ट्रपति चिनफिङले पुटिनलाई एक सन्देश पठाई बधाई दिएकाे समाचारमा जनाइएको छ ।
चिनियाँ समाचार समिति सिन्हकाअनुसार उनले पठाएकाे बधाई सन्देशमा पुटिनको आगामी कार्यकालमा चीन र रुसबीचको सम्बन्ध थप सुदृढ बन्ने उनले अपेक्षा गरेका छन् ।
पुटिनको नेतृत्वमा उनकाे आगामी छ वर्षे कार्यकालमा रुस थप समुन्नत, विकसित र समृद्ध बन्ने अपेक्षा चीनले गरेको राष्ट्रपति चिनफिङले बताएका छन् ।
उनले थपे यस समयमा दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउन र सहयोग र सहकार्यका नयाँ क्षेत्रहरुको पहिचान गर्न पनि रुस सफल हुने अपेक्षा आफूले गरेको उनले सो सन्देशमा जनाएका छन् ।
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...