ताजा समाचार

रोनाल्डोकाे गाेलबाट जाेगियाे रियल मड्रिड

एजेन्सी । स्पेनिस ला लिगामा रोनाल्डोले बुधबार राति गरेकाे उत्कृष्ट गोलबाट रियल मड्रिड जोगिएको छ । रोनाल्डोले ८७ औं मिनेटमा उत्कृष्ट गोल गरेपछि रियल मड्रिडले बिलबाओसँग १-१ गोलको बराबरी गर्न सफल भयो ।

खेलमा अग्रता भने बिल्बाओले १४ औं मिनेटमा लिएको थियो । इनाकी विलियम्सले बिल्बाओलाई अग्रता दिलाएका थिए ।

गोल फर्काउन अन्तिम समयसम्म रियल मड्रिडलाई संघर्ष गर्नुपर्‍यो । ८७ औं मिनेटमा रोनाल्डोले गोल गरेपछि रियल हारबाट जोगियो । लुका मोड्रिकले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई रोनाल्डोले जाली चुमाएका थिए ।

रोनाल्डोले यो सिजनमा ३९ खेलमा ४२ गोल गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org