ताजा समाचार

‘लोपोन्मुख लोकगीत संरक्षण जरुरी’

सुर्खेत । वीरेन्द्रनगरमा लोप हुन लागेको नाटक, नृत्य, संगीतको जर्गेनाका लागि विभिन्न मातृभाषा सम्बन्धी लोकगित सम्मेलन सोमबार वीरेन्द्रनगरम सम्पन्न भएको छ ।

प्रदेश नं ६को सम्भावित राजधानी सुर्खेतमा विभिन्न जातजातीको बाहुल्यता भएको प्रदेशमा पुराना सँस्कृतिक लोप हुने आवस्थामा पुग्दा नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाली लोक संगित तथा मातृ भाषाका नृत्य नाटक,संगितको जर्गेनाको लागि प्रदेश स्तरकै विभिन्न मातृभाषा लोकगीत सम्मेलन तथा सम्मान आयोजना गरेको हो ।
पुराना लोप हुनै लागेको संगीतका क्षेत्रमा लामो समय सम्म संगितलाई माया गर्ने आफ्नै भाषालाइै जगाउने आएका ५ जना कलाकारहरुलाई सम्मान गरेको हो ।

कलाकारिता क्षेत्रमा निरणतर योगदान पु¥याउने लेखाफर्सा ७ का ८५ वर्षका आइतराम बोटे,भिमाकुमारी सुवेदी,खडक कुमारी, पुन,दिने गौतम,तिला गरजा मगरलाई जनही ५ हजार सहित सम्मानित भएका छन् ।

सम्मेलनमा बोल्दै नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानकी संयोजक पवित्रा घर्तिमगरले विशेष गरि लोप हुन लागेका ३ वटा नाटय, नृत्य संगितको जर्गेनाका लागि आफुहरुले ध्यान दिएको बताएकी छन । उनले प्रदेश नं ६ का १० जिल्ला लोप हुदै गरेको विभिन्न भाषा सँस्कृतिलाई हराउन नदिनको लागि नेपाल संगित तथा नाटय प्रज्ञा प्रतिष्ठानले अनुसन्धान गदै आएको बताइन् ।
पुराना भएका सँस्कृति राज्यले नदेखेको सँस्कृतिलाई लोप हुन नदिने बचाइ राख्नको लागि र भाषा संरक्षण प्रर्बदन गर्न लागेका बताइन ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगितकार बुलु मुकारुङले पुरना प्रतिभालाई जोगाई राख्नु समाजमा लोप हुन लागेको सँस्कृति जर्गेना गरेमा मात्र हाम्रो पहिचान गर्न सकिने बताईन । कतिपय बाजागाजाहरु हराएका छन् । पुराना कलाकारहरुलाई सम्मान गर्ने जरुरी रहेको मुकारुङको भनाई छ ।
सम्मेलनमा विभिन्न भाषाभाषीहरुका गीतको लोप हुन लागेका राजी, बोटे, मगर,चौधरी,नेपाली भाषाका, लोकगीत, खाम्पा भाषा,कर्णाली अञ्चलमा गाइने देउडा ठाडी भाका, जुम्लामा गाइने राती गाइने गीत, रत्यौली, ख्याली लोकगीत लगायतका १७ भाषाका गीतको प्रदर्शन भएको थियो ।

सम्मेलनमा नेपाल संगित तथा नाटय प्रज्ञा प्रतिष्ठनकी संयोजक पवित्रा घर्तिमगर, बरिष्ठ लोक गायक भिम बहादुर कार्की लाल ब बिसी बरष्ठि संयोजक बुलु मुकारुङ, बरिष्ठ कलाकार पे्रमदेब गिरी तथा प्रदेश नं ६ का संयोजक खड्क बहादुर भट्टराई लगायत ्कलाकारहरुको उपस्थित रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org