ताजा समाचार

वरिष्ठ साहित्यकार हरिहर खनाललाई वाङ्मय साधना सम्मान

 

काठमाडाैं, १७ चैत । नेपाल वाङ्मय परिषद, धनगढी, कैलालीले वरिष्ठ साहित्यकार हरिहर खनाललाई सम्मानित गरेकाे छ । नेपाल वाङ्मय परिषद्ले ठमाडाैंमा अायाेजना गरेकाे कार्यक्रममा ‘नेपाली वाङमय साधना सम्मान’ बाट वरिष्ठ साहित्यकार हरिहर खनाल सम्मानित भएका हुन् ।

प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार एवम् जनमत मासिकका सम्पादक मोहन दुवालकाे उपस्थित रहेकाे थियाे । समारोहमा  तिलकबहादुर सिंहले स्वागत मन्तब्य राखेका थिए भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए

समारोहमा प्रा.डा. कर्णबहादुर बानिँया, किशोर पहाडी, इन्द्रकुमार श्रेष्ठ सरित, गोपाल अश्क, तुलसीहरि कोइराला, विमल भौकाजी, सुमन सौरभ, केके कर्माचार्य, आरसी न्यौपाने, दिपसागर पन्त लगायतका तीन दर्जन जति विशिष्ट साहित्यकार एवम् कलाकर्मीको उपस्थिति रहेको थियो ।

नेपाल वाङ्मय परिषदले यस अघि नेपाली वाङ्मय साधना सम्मानबाट मोहन दुवाल एवम् प्रा.डा. जीवेन्द्रदेव गिरीलाई कैलालीमा सम्मानित गरेकाे थियाे ।

वाङ्मय परिषदले गरेको उक्त कार्यक्रममा  सम्मानको राशी रू दस हजार एक नगद रहेको छ । नेपाल वाङ्मय परिषदले यसअघि काठमाडाैंमा  सम्मान अायाेजना कार्यक्रम गरेकाे थिएन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org