ताजा समाचार

विद्युतीय धरापमा परी १८ अर्धसैनिकको मृत्यु

बगदाद, २९ फागुन। इराकको किर्कुक प्रान्तमा पर्ने हावीजाहमा राखिएको विद्युतीय धरापमा परी १८ जना अर्धसैन्य बलका अधिकारीको मृत्यु भएको समाचार छ ।

उक्त धराप इस्लामिक स्टेट (आईएस) ले थापेको जनाइएको छ । धरापमा परी मृत्यु हुनेहरू सबै जना हासद शाबीका अर्थसैन्य बलका लडाकू रहेका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

आतंककारीहरूका गतिविधि नियन्त्रण गर्न सैन्य कारबाही बढाइरहेका बेला सोमबार राति सो घटना भएको हासद शाबीद्वारा जारी वक्तव्यमा जनाइएको छ ।

हावीजाहका प्रहरी प्रमुख अहमद अल जुबौरीले साहद साबैको बाहिनीका १८ जना अर्धसैनिकको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

धरापमा परी उक्त बलका आठवटा सवारी साधन पनि ध्वस्त भएका छन् । आतंककारी तर्फ भएको कुनै क्षतिका बारेमा भने कुनै पनि जानकारी नआएको अधिकारीहरूले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । (रासस÷सिन्ह्वा)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org