ताजा समाचार

विद्युत प्राधिकरणले चलायो कुलेखानी,लोडसेडिङ रहेका क्षेत्रमा राहत दिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले यो वर्षका लागि कुलेखानीको पानी बचत गर्ने समय घर्किएको बताएको छ ।

अहिले पनि राष्ट्रय प्राशरणमा पिक अवारमा झण्डै ३ सय मेगावाट विजुली अपुग छ । त्यसै कारण अब कुलेखानीलाई अधिकतम् रुपमा चलाएर लोडसेडिङ रहेका क्षेत्रमा राहत दिने गरी कुलेखानी चलाउन सुरु गरिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए ।
‘अब कुलेखानीको पानी हामीले हिउँदमा जसरी बचाइराख्नु पर्दैन । किनभने अब केही समयपछि पानी पर्न सुरु हुन्छ । कुलेखानीमा फेरि पानी रिचार्ज हुन्छ’ अधिकारीले भने,’अब बचत भएको पानीलाई अधिकतम् प्रयोग गरेर विजुली निकाल्न सकिन्छ । हामीले त्यसका लागि काम सुरु गरेका छौं ।’

उनले अहिले प्रयोग नगरे बर्षामा कुलेखानी भरिएर पानी खेर जाने अवस्था आउने भएकाले विजुली उत्पादन सुरु भएको बताए ।

गत तिहारपछि नेपाल विद्युत प्राधिकरणले काठमाडौंबाट लोडसेडिङ हटाउने घोषणा गर्दा कुलमान घिसिङलाई हिउँद नलाग्दै कुलेखानी रित्याउन लागिएको आरोप लागेको थियो ।  तर, प्राधिकरणले देशको एकमात्रै पावर ब्याक–अपका रुपमा रहेको कुलेखानीको पानीलाई गत वर्षहरुभन्दा यस वर्ष झनै जोहो गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org