ताजा समाचार

शर्मिला श्रेष्ठको तीज गीतको अडियो बजारमा

बनेपा, ५ भदौ । काभ्रेपलाञ्चोककी लोक गायिका शर्मिला श्रेष्ठले तीज गीतको नयाँ अडियो बजारमा ल्याउनुभएको छ ।

चारवटा गीतिएल्बमसहित विभिन्न अडियो एल्बम सार्वजनिक गर्नुभएकी गायिका श्रेष्ठले ‘नाच्दा नाच्दै सङ्गी हो झुम्का हरायो, उनले गाली गर्छन्की सासू आँखा तर्छन्की’ नामक २२औँ संस्करण बजारमा ल्याउनुभएको हो ।

विनोद बञ्जराको शब्द रचना भएको सो अडियोमा जीवन परियार र शर्मिला श्रेष्ठले गीत गाएका छन् ।

नाच्दानाच्दै महिलाहरु आफ्नै गहना हराएको पनि थाहापाउनुहुन्न त्यसैले उहाँहरुलाई सचेत गराउन पनि यो गीत ल्याएको हो लोक गायिका श्रेष्ठले भन्नुभयो ।

विसं २०६५ देखि निरन्तर लोक गायनमा संलग्न काभ्रेपलाञ्चोकको शङ्खु गाविसमा जन्मिनुभएकी उहाँले तीजका लागि तीन वर्षदेखि गीत गाउँदै आएको बताउनुभयो ।

मलाई दर्शक, स्रोताको माया भए पुग्छ उहाँले भन्नुभयो । अडियो गीतका लागि रु दुई लाख खर्च भएको र त्यसलाई युट्युबमा समेत हेर्न सकिने श्रेष्ठको भनाइ छ । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org