संबिधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो : मन्त्री केसी
नुवाकोट, ९ वैशाख । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताउनुभएको छ ।
प्रजातान्त्रिक विचार मञ्च नुवाकोटले विदुरमा आज आयोजना गरेको ‘स्थानीय निर्वाचन र नेपाली काँग्रेस’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो –“सबै दल मिलेर जारी गरेको संविधानको कार्यान्वयनका लागि पनि सबै दल एक भएर अगाडी बढ्नुको विकल्प छैन् ।”
मन्त्री केसीले संविधान कार्यान्वयनमा अहिले केहि जटिलता देखिएकाले तीन ठूला दल मात्र नभई बाँँकी सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिदैं स्थानीय तहको निर्वाचन निष्पक्षरुपमा सबैको सहभागितामा सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो ।
“ सिंहदरबारमा रहेको अधिकार अहिले गाउँ गाउँमा आइपुगेको छ”, उहाँले भन्नुभयो, “व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहित गाउँको विकासको योजना गाउँमै निर्माण गर्ने अवसर नयाँ संविधानले दिएको छ ।”
सांसद बहादुरसिंह लामा तामाङले महामानव विपी कोइरालाको एकता र मेलमिलापको आदर्श तथा समाजवादको सिद्धान्त पूरा गर्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिनुभयो ।
काँग्रेसका जिल्ला सभापति एवम् सांसद् जगदीश्वरनरसिंह केसीले स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट गुट–उपगुटभन्दा पनि जनताले रुचाएका व्यक्ति उम्मेदवार बन्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रजातान्त्रिक विचार मञ्चका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तहको चुनाव ठूलो अवसर र महत्वको पर्व रहेकाले सक्षम व्यक्तिको हातमा शक्ति प्रदान गर्न मतदाता सचेत हुनुपर्ने सुझाब दिनुभयो ।
समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले काँग्रेसले जारी गर्न लागेको घोषणापत्रमा परराष्ट्र नीति, सामाजिक न्याय, ज्येष्ठ नगारिक आवासगृह, समाजवादी चिन्तन, प्रजातन्त्रको नारा र समाजवादको मूल्य एवम् मान्यतालाई समावेश गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा समाजका नुवाकोट अध्यक्ष शम्भुप्रसाद शर्मा, काँग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, सचिव सुरेन्द्र अधिकारी, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ, रामकृष्ण थापा, शिक्षक ताराप्रसाद पाठक, रामबहादुर थापा, बाबुराम लामिछानेलगायतले काँग्रेसको नीति र आदर्श कार्यान्वयनका लागि प्रजातान्त्रिक विचार मञ्चको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार हुन्: विष्णु पौडेल
काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह...
-
अर्थमन्त्रीले पुनले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू...
-
उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने
काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति...
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा एक रात्रिभोजको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।महाधिवेशनको तयारी, पार्टी...
-
आज १८ औँ लोकतन्त्र दिवस,उपलब्धि हुँदाहुँदै पनि केही विकृत्ति
काठमाण्डौ । आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत...
-
कतारका अमिर अल थानी साँझ काठमाडौं आइपुग्दै, विमानस्थल आधा घन्टा बन्द हुने
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् ।पहिलो पटक नेपालको...