ताजा समाचार

संसद बैठक भोलि १ बजे बस्ने

काठमाडौं १० बैशाख । व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ। आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ। संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ।
आइतबारका लागि बोलाइएको संसद बैठकमा परिमार्जनसहितको संविधान संशोधन विधेय ल्याउने सरकारको तयारी थियो्। तर, मन्त्रिपरिषद् बैठकले परिमार्जनसहितको संविधान संशोधन प्रस्तावबारे निर्णय गरिनसकेको र संसद सचिवालयमा प्राप्त नभएकाले बैठक स्थगित गरिएको बताइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org