ताजा समाचार

सगरमाथा धनगढी प्रिमियर लिग : उपाधिका लागि बिराटनगर किङ्गस र टिम चौराहा भिड्ने

 

काठमाडौं । सगरमाथा धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको उपाधिका लागी बिराटनगर किङ्ग्स र टिम चौराहा धनगढी भिड्ने भएका छन् । आज भएको दोस्रो क्वालिफायर म्याचमा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै धनगढीले बिराटनगरसंगको उपाधि भिडन्त पक्का गरेको हो ।

७३ रनको उच्च चुनाती पछ्याएको रुपन्देही १५ दशमलब २ ओभरमा ८० रनमै समेटिएको थियो । ८ ब्याट्सम्यानले दोहोरो स्कोरको अंक छुन नसकेको रुपन्देहीको ईनिङस्मा कृष्ण कार्की र राजेश पुलामी मगरले सर्वाधिक समान १४ रन बनाए । पुष्प थापाले १३ रन बनाए । उसलाई कम स्कोरमा रोक्न ललित राजबंशी र सौरभ खनालले समान ३ तथा आरिफ शेखले २ विकेट हात पारे । समुह चरणका ४ खेलमा लगातार जित हात पार्दै क्वालिफायरमा प्रबेश गरेको रुपन्देही त्यसपछिका ३ खेलमा लगातार हार ब्योहार्दै प्रतियोगीताबाट बाहिरिएको हो ।

यसअघि धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङ मद्धतमा १ सय ७२ रनको उच्च योगफल तयार पारेको थियो । ४१ बलको सामना गरेका खड्काले ४ छक्का र ६ चौकाको मद्धतमा अबिजित ६७ रन बनाए । खड्का म्यान अफ दि म्याच घोषित भए ।

राजु रिजालले २५ र सौरभ खनालले नटआउट २४ रन बनाएको धनगढीको ईनिङसमा अमर राउटेलाले १६ र अनिल मण्डलले १३ रनको योगदान गरे । रुपन्देहिका कृष्ण कार्कीले २ तथा बिक्रम भुषाल र साहाव आलमले समान एक एक विकेट हात पारे । रुपन्देहि बिरुद्ध धनगढीले बनाएको योगफल जारी प्रतियोगीताको सर्बाधिक दोस्रो उच्च स्कोर हो । यसअघि बिराटनगर किङ्ग्स बिरुद्ध काठमाडौं गोल्डेन्सले १ सय ७३ रनको योगफल तयार पारेको थियो । धनगढीले उपाधिका लागी पर्सि शनिबार बिराटनगर किङ्ग्स्संग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायर म्याचमा बिराटनगरले रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै फाईनलमा स्थान बनाईसकेको छ । चैत्र २८ गतेबाट जारी प्रतियोगीतामा ६ टोली सहभागी थिए । प्रतियोगीताको उपाधि बिजेताले १५ तथा उपबिजेता टोलीले ७ लाख रुपैयाँ हात पार्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org