सदरमुकामसँग जोडिएको गाविस अझै सञ्चार सेवाबाट टाढा
सोलुखुम्बु, २५ पुस । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको गाविस गोराखानीमा अहिलेसम्म पनि सञ्चार सेवा पुग्न सकेको छैन ।
सल्लेरी–५ र गोराखानी–१ सीमा जोडिएको भए पनि त्यहाँसमेत मोबाइल सेवा सञ्चालन नभएको गोराखानी–१ दिम्सेसका दावा शेर्पाले बताउनुभयो । गोराखानीका कुनै पनि वडामा टेलिफोन सेवा पुग्न सकेको छैन ।
टेलिफोन गर्नका लागि अझै पनि अग्लो डाँडाडाँडा नेटवर्क खोज्दै चाहनुपर्ने गोराखानी–८ का मिङ्मार तामाङले बताउनुभयो । डाँडाडाँडामा एनसेलको नेटवर्क आए पनि नेपाल टेलिकमले प्रदान गर्ने स्काई र जिएसएमको नेटवर्कले भने कतै पनि नछोएको गोराखानीवासीको गुनासो छ ।
टेलिकमले केरुङ–२ पत्तालेमा विटिएस राखे पनि गोराखानीसम्म त्यसको तरङ नआउने उनीहरु बताउँछन् । टेलिकमले जिएसएमको बिटिएसमार्फत सबै गाविसमा सेवा पु¥याएको जनाए पनि हालसम्म गोराखानी गाविसमा पुग्न सकेको छैन् ।
सञ्चार अभावमा महत्वपूर्ण खबर आदानप्रदानसमेत हुन नसकेको उनीहरुको गुनासो छ । गोराखानी–६ स्थित नयाँ गाविसको भवनमा बिटिएस राखेमा गोराखानी, टाप्टिङ र केरुङको केही भागमा समेत सेवा पुग्ने जानकारहरु बताउँछन् । रासस
Comments
अरु समाचार
-
एप्पलका ९० देशका प्रयोगकर्तालाई साइबर आक्रमणको खतरा
काठमाडौं । प्रविधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।...
-
फेसबुक र इन्स्टाग्राममा समस्या देखियो
काठमाडौं । मेटा कम्पनीको फेसबुक र इन्स्टाग्राममा समस्या आएको छ । केही दिन अघि मात्रै लगईन नै नहुने समस्या आएको...
-
फेसबुक चल्न थाल्यो, समस्या हट्यो
काठमाडौं । विश्वभर एक्कासि समस्या देखिएको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ । अवरुद्ध भएको करिब एक घण्टापछि फेसबुक चलेको...
-
वैज्ञानिक सम्मेलनमा प्रधानमन्त्रीको जोड– सुशासनलाई सार्थकता दिन ‘पेपरलेस’ प्रणाली आवश्यक
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने...
-
सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल...
-
पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
शैक्षिक प्रमाणपत्र लिन त्रिवि धाउनु नपर्ने, अनलाइनबाटै आवेदन दिए पुग्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही...
-
बागमतीको जलप्रवाह र वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न नागमती बाँध बनाइँदै
काठमाडौं । काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्को नागमती बाँध (ड्याम) बनाउन...