ताजा समाचार

सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि पाल्पावासी हर्षित

रामपुर (पाल्पा), १३ फागुन । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै जिल्ला सदरमुकाम तानसेनसँगै गाउँगाउँका जनता खुसी भएका छन् । सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेलगत्तै यहाँका जनता उत्साहित भएका हुन् ।

गाउँदेखि जिल्ला सदरमुकाम तहसम्म चुनावको मिति घोषणा भएपछि खुसियाली छाएको छ । स्थानीय निकायको चुनाव भएपछि गाउँका विकास निर्माण तथा विभिन्न समस्याको अन्त्य हुनेमा यहाँका जनता आशावादी रहेका छन् ।

अहिले गाउँ, बजार, नगर, सदरमुकाम लगायतका स्थानमा चुनावको विषयमा चर्चा चल्न थालेको नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव झपेन्द्र गहिरेले बताउनुभयो । अब हुने स्थानीय निकायको चुनावमा जनताले असल, कुशल, राजनीतिक व्यक्तिको छनौट हुने आशा लिएको रामपुरका स्थानीय बासिन्दा ओमप्रकाश रेग्मी बताउनुहुन्छ ।

तोकिएको समयमा जनताले असल नेतृत्वदायी व्यक्तिलाई छनौट गर्न पाउनुपर्ने र जिल्लामा क्रियाशील सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला निकाय, जनताले यो चुनावलाई राम्रोसँग सम्पन्न गर्न राजनीतिकर्मीले आग्रहसमेत गर्न थालेका छन् ।

राजनीतिक चलखेल नभई तोकिएको मितिमा नै स्थानीय निकायको चुनाव सम्पन्न गर्न यहाँका जनताले अनुरोध गरेको सामाजिक व्यक्तित्व लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org