ताजा समाचार

सरकारी स्कूलको गुणस्तर नीजीको हाराहारीमा ल्याइने

काठमाडौंँ । कागेश्वरी मनोहरा नगरापलिकाका मेयर कृष्णहरी थापाले आफ्नो नगर क्षेत्रका सरकारी विद्यालयलाई नीजी विद्यालयको हाराहारीमा लैजाने प्रतिवद्धता जनाएका छन् । नगरापालिकाको काँडाघारीस्थीत अक्षरा स्कूलको सातौँ स्थापना दिवस तथा भूकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दे मेयर थापाले नीजी क्षेत्र र सरकारीलाई एउटै बाटोमा हिंडाउने गरी भिजन तयार गरेको बताएका हुन् ।

मुलुक संघीयतामा गएपछि जिल्ला शिक्षा कार्यलयले हेर्दै आएको शिक्षाको अधिकार स्थानीय सरकारलाई गएको छ । ‘हाम्रो नगरपालिकाकामा ४० वटा नीजी स्कूल रहेछन्, मेयर थापाले भने, ‘के कस्तो अवस्था छ भनेर अध्ययन गरिराखेका छौं । हाम्रो नगरमा अक्षरा स्कूलले दिएको गुणस्तरको शिक्षा प्रसंशनीय छ । यो स्कूलले दिएको गुणस्तरीय शिक्षाको कारण कागेश्वरी मुनोहरा मात्रै नभई छिमेकी मध्ययपर ठिमी नगरपालिका, काठमाडौँ महानगरपालिका लगायतबाट विद्यार्थी आउने गरेको हन् । यो विद्यालय पनि हाम्रो नगरापालिकामा दर्ताको प्रकृयामा छ ।’ नगरपालिका भित्रका स्कूलका शुुल्क निर्धारण गर्ने अधिकार समेत स्थानीय सरकरालाई छ ।

काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपतिले हामीले मुलुुक बाहिरको ज्ञान दिएकोले आफैंलाई चिनाउने शिक्षा दिनु पर्नेमा जोड दिए । ‘अब मुलुक बनाउने ज्ञान दिनु प¥यो । सिप दिनु प¥यो,’ शर्माले भने, ‘काम गर्ने अठोट ज्ञानले दिन्छ । हामीले ज्ञान दिएका छौं । हामीले दिएको शिक्षा राम्रो पनि छैन । नराम्रो पनि छैन ।’  हामीले दिएको शिक्षा आफैँलाई मात्रै सोच्ने खालको भएको बताए । ‘अब शिक्षा समाजलाई पनि सोच्ने हुनुपर्छ,’ उनले भने, ‘उच्च शिक्षामा राम्रो भनेका विद्यार्थी बाहिर गएका छन् । राम्रो मान्छे बाहिर गएपछि देश कसले बनाउने ? नराम्रो मान्छेले ? हामी प्राकृतिक रूपमा सम्पन्न छौं । त्यसलाई व्यवस्थापन गर्न सके देश छिटै उभो लाग्छ । शिक्षाले प्राकृति स्रोत व्यवस्थापन गर्ने तरिका सिकाउनु पर्छ । हामीले प्रकृतिमा मात्रै गर्व गरेर हुँदैन । हामीले गरेका काममा गर्व गर्नुपर्छ । हामीले गर्व गर्न लायक काम गर्नुुपर्छ ।सरकारले मात्रै होइन नागरिकले पनि केहीगर्न सक्छन् भन्ने उदाहरण काठमाडौं विश्वविद्यालयमा देखाइएको उनले बताए । ‘जनतासंग पनि केही गर्ने तागत हुन्छ,’ उनले भने, ‘राज्यले मात्रै गर्न सक्छ र राज्यले मात्रै गर्न पर्छ भन्ने होइन । जनताको संस्थाले पनि गर्न सक्छन् भन्ने मान्यताले काठमाडौं विश्वविद्यालय खोल्यौं । अक्षरा स्कूल पनि जनताको संस्थाले केही गर्न सक्छन् भन्ने उहादरण हो । यहा भएको स्रोतलाई सदुपयोग गरेर यो स्कूलले दिएको शिक्षा उदाहरणीय छ ।’

स्कूलकी प्रिन्सिपल अञ्जु भट्टराइले सरक्षित र बालमैत्री सिकाइमा स्कूलले ध्यान दिएको बताइन् । ‘धेरै दुःख गरेर यो भवन बनाएका हौं,’ उनले भनिन्, ‘कठिनाइ र चुनौती छन् । त्यसका बाबजुद पनि बालबालिकालाई केन्द्रमा राखेर हामी अघि बढेका छौं । आउट डोर र इनडोर कार्यक्रम समायोजन गरेर शिक्षा दिइरहेका छौँ । गरी, हेरि भन्ने भनाइका साथ हामी अघि बढेका छौं । मिसन भिजनका साथ लक्ष्य निर्धारण गरेका छौं । हामी देशकै नमुना स्कूल बनाउन लागि रहेका छौं । बौद्धिक डोमेन मात्रै नबनाइ शारिरीक, सामाजिक डोमेन पनि बनाउन चाहन्छौं हाम्रा बालबालिकालाई ।’

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org