ताजा समाचार

सरकार र मधेसी मोर्चाबीच भएको सहमतिबारे आफूहरु अनविज्ञभएको एमालेको आरोप

काठमाडौं, १० वैशाख । सरकार र मधेसी मोर्चाबीच भएको सहमति अनुसार दोस्रे चरणको चुनाव जेठको अन्तिम साता गर्ने भएपछि प्रतिपक्षी दल एकालेले खारेज गर्ने चेतावनी दिएको छ ।

सरकार र मधेसी मोर्चाबीच भएको सहमतिबारे आफूहरु अनविज्ञभएको एमालेले प्रकट गरको छ । साथै बजेटपछि चुनाव गराउने कुरा संविधान, निर्वाचन आचारसंहिता र परम्परा तथा पद्दति कतैबाट पनि स्वीकार्य नहुने प्रष्ट पारेको छ ।शनिबार बालुवाटारमा भएको सहमतिलाई ‘कथित सहमति’को संज्ञा दिँदै महासचिव पोखरेलले सरकार अनुत्तरदायी र गैरजिम्मेवारपूर्ण ढंगले तमासा देखाउन उद्यत रहेको आरोप लागाएका छन् ।
संविधान संशोधन विधेयक फेरि परिमार्जन गर्ने पक्षमा एमालेले कुनै प्रतिक्रिया दिन आवश्यक नरहेको बताएको छ । ।एमाले महासचीव पोखरेलले हिजो एउटा विधेयक ल्याए, आफैंले फिर्ता लिएर अर्को दर्ता गरे । अब फेरीत्यसमा पनि परिमार्जन गर्ने हल्ला छ । कसका लागि ल्याइएको हो, कसका लागि पारित गर्ने हो भनि प्रतिक्रिया दिएका छन् । साथै यसमा आफूहरुको कुनै चासो नरहेको र चुनाव निर्धारित मितिमै हुनुपर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org